एलजीको फोर के ओएलईडी टिभी सार्वजनिक

Technology Khabar १० भाद्र २०७२, बिहीबार

एलजीको फोर के ओएलईडी टिभी सार्वजनिक

काठमाडौं ।

काठमाडौं, १० भदौ । एलजी इलेक्ट्रोनिक्सले विश्वको पहिलो फोर के ओएलईडी टिभी भारतीय बजारमा सार्वजनिक गर्ने घोषणा गरेकोछ । कम्पनीले भारतमा भएका एलजीका केहि आउटलेट्समा मंगलवारदेखि नै यो टिभी उपलब्ध हुने जानकारी दिएको छ ।

कम्पनीका अनुसार फोर के अल्ट्रा हाइ डिफिनिशन तथा ओएलईडी टेक्नोलोजी एकै साथ फ्ल्याट प्यानल डिस्प्ले सिरिजमा बनाउनु एक नयाँ उपलब्धि हो । यो अनौठो समिश्रणका साथ फोर के ओएलईडी बनाईएको छ, जुन जीवन्त रंगहरु तथा असिमित कन्ट्र्याक्टका लागि ३३ लाख कलर सब पिक्सेल्स तथा सेल्फ लाइटिंग पिक्सेललाई दर्शाउँछ ।

कम्पनीले भारतीय बजारमा यो टिभीको मूल्य भारु ७९,९००/- तोकेको छ ।

easy care

प्रकाशित: १० भाद्र २०७२, बिहीबार

ताजा समाचार