Technology Khabar ८ भाद्र २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, ८ भदौ । सामसुंगले आफ्नो सबैभन्दा नयाँ प्रीमियम स्मार्टफोन सामसुंग ग्यालेक्सी एस सिक्स एज र एज प्लस(Samsung Galaxy S6 Edge and Edge Plus) तथा नोट फाईभ (Samsung Galaxy Note 5) १ सय ७ रुपैंयामा नै उपलब्ध गराउने भएको छ । कम्पनीले एक अफरअन्तरगत आफ्ना नयाँ स्मार्टफोनहरु आईफोन प्रयोगकर्ताहरुका लागि केबल १ सय ७ रुपैंयामा नै उपलब्ध गराउने भएको छ ।
सामसुंगले आईफोन प्रयोगकर्ताहरुलाई आफ्ना स्मार्टफोन प्रति आकर्षित गराउन ३० दिनको टेस्ट ड्राइभ अफर ल्याएको छ । यो अफर नेपालमा आयो भनेर तपाईँ झुक्किनु होला तर यो अफर नेपालका आईफोन प्रयोगकर्ताका लागि भने होईन् । सामसुंगले अमेरिकामा(US citizen) रहेका आफ्ना संभावित ग्राहकहरुका लागि आईफोनको विकल्पमा अफर प्रस्तुत गरेको हो ।
कम्पनीले सामसुंगको सामसुंग ग्यालेक्सी एस सिक्स एज तथा एज प्लस र नोट फाईभ केबल १ अमेरिकी डलर अर्थात १ सय ७ रुपैंया (आजको परिपर्त्य मूल्यमा) तिर्नुपर्नेछ ।
सामसुंगले यो ‘दि अल्टिमेट टेस्ट ड्राईभ’ अफर अन्य स्मार्टफोन प्रयोगकर्ताका लागि भने ल्याएको छैन् । अन्य स्मार्टफोन प्रयोगकर्ताहरुले यो अफरका लागि साइटमा भिजिट गर्न सक्नेछन् तर यसका लागि दर्ता भने गर्न पाउने छैनन् ।
आईफोन प्रयोगकर्ताले यो अफर अन्तरगत करिब ३० दिनसम्म सामसुंगका दुबै स्मार्टफोनहरु प्रयोग गर्न सक्नेछन् । यदि यो स्मार्टफोन मनपरेमा खरिद गर्न सकिने छ । एजेन्सीको सहयोगमा
प्रकाशित: ८ भाद्र २०७२, मंगलवार