एलजीले ‘जी प्याड टूु’ ट्याबलेट ल्याउँदै

Technology Khabar ७ भाद्र २०७२, सोमबार

एलजीले ‘जी प्याड टूु’ ट्याबलेट ल्याउँदै

काठमाडौं ।

काठमाडौं, ७ भदौ । एलजीले आफ्नो जी प्याड सिरिजको नयाँ ट्याबलेट बजारमा सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा जी प्याड टू १०.१ (G Pad II 10.1) ट्यालबेट सार्वजनिक गरेको हो ।

कम्पनीको यो ट्यालबेट औपचारिकरुपमा भने आगामी सेप्टेम्बरमा जर्मनीको बर्लिनमा आयोजना हुने आईफएए ईभेन्ट २०१५ मा घोषणा गरिनेछ ।

एलजीका अनुसार जी प्याड टू १०.१ ट्याबलेट रिडर मोडका साथ उपलब्ध हुनेछ । यो फीचरको सहयोगबाट कुनैपनि ई-बुक पढ्दाखेरी डिस्प्लेको ब्याकलाईटको ब्लू लाईट कम हुनेछ । साथै यसमा भएको ड्यूअल विण्डो मोडले स्क्रीनलाई दुई भागमा बाँडिएको देखाउनेछ, जसले गर्दा प्रयोगकर्ताले एकै पटक मल्टिटास्क गर्न सक्नेछ ।

यो ट्याबमा क्विकमेमो प्लसको माध्यमबाट प्रयोगकर्ताले मेमोजलाई कुनैपनि स्क्रीनसँग क्रिएट, सेभ एण्ड शेयर गर्न सक्नेछ ।lg_g_pad_1

एलजीको नयाँ ट्याबलेटमा माइक्रोसफ्ट अफिसको कयौं एप्स पहिले नै इन्स्टल गरिएका हुनेछन् । यसका साथै प्रयोगकर्तालाई दुई वर्षका लागि वानड्राईभ स्टोरेजमा अतिरिक्त १०० जीबी डाटा स्टोर गर्ने सेवा निशुल्क उपलब्ध हुनेछ ।

कम्पनीले जी प्याड टूको दुईवटा संस्करण ल्याएको छ, जसमा पहिलो संस्करणमा वाईफाई मात्र प्रयोग हुनेछ भने अर्कोमा फोरजी पनि प्रयोग गर्न सकिनेछ । यो ट्याबलेटमा १०.१ इन्चको डब्लूयूएक्सजीए डिस्प्ले रहेको छ, जसको रिजोल्यूशन १९२०X१२०० रहेको छ भने पिक्सेल डेन्सिटी २२४ पीपीआई रहेको छ ।

एलजी जी प्याड टूमा क्वालकम८०० को २.२६ गीगाहर्ज क्वाड कोर प्रोसेसर रहेको छ भने २ जीबीको र्याम राखिएको छ । यो ट्याबलेट एन्ड्रोयडको ललीपप ५.१.१ भर्सनमा आधारित रहेको छ ।

यो ट्यालबेटमा १६ जीबीको इन्टरनर मेमोरी छ, जसलाई एसडी कार्डद्धारा बढाउन सकिनेछ । एलजीको नयाँ ट्याबलेटमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । त्यसैगरी यसमा ७,४०० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ ।

दुई भेरियन्टहरुमा सिम कार्ड स्लटको फरक रहेको छ । फोरजी एलटीई मोडलमा सिम कार्ड स्लट रहेको छ, जसले थ्रीजी र फोरजी सपोर्ट गर्दछ ।

easy care

प्रकाशित: ७ भाद्र २०७२, सोमबार

ताजा समाचार