Technology Khabar ५ भाद्र २०७२, शनिबार
काठमाडौं ।
काठमाडौं, ५ भदौ । भारतीय मोबाइल निर्माता कम्पनी माइक्रोम्याक्सले भ्वाइस कल तथा थ्रीजी सहितको क्यानभास ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले दुई सिम सपोर्ट गर्ने क्यानभास ट्याब पी ६८० (Canvas Tab P680) सार्वजनिक गरेको हो ।
माइक्रोम्याक्सका सिईओ बिनीत तनेजाका अनुसार माइक्रोम्याक्सको नयाँ ट्याबलेटमा उत्कृष्ट अडियो तथा भिडियो फीचर्स अनुभव गर्न सकिनेछ । यो ट्याबलेटमा ८ इन्चको एचडी डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १२८०X८०० पिक्सेल रहेको छ ।
यो ट्याब १ जीबी र्यामका साथ १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसरयुक्त रहेको छ । यो ट्याबको इन्टरनल मेमोरी १६ जीबी रहेको छ, जसलाई माइक्रो एसडी कार्डको माध्यमबाट बढाउन सकिन्छ ।
क्यानभास पी ६८० मा एलईडी फ्ल्याशका साथमा ५ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । त्यस्तै यो फोन एन्ड्रोयडको ललीपपमा आधारीत रहेको छ ।
यो ट्याबलेटमा ४,००० एमएएचको ब्याट्री राखिएको छ । यो ट्याबमा यूएसबी ओटिजी, वाईफाई कनेक्टिभिटी तथा ब्लूटूथ ४.० लगायतका फीचर रहेका छन् ।
भारतीय बजारमा यो ट्याबलेको मूल्य भारु ९,४९९ तोकिएको छ ।
प्रकाशित: ५ भाद्र २०७२, शनिबार