Technology Khabar ५ भाद्र २०७२, शनिबार
काठमाडौं ।
काठमाडौं, ५ भदौ । ब्ल्याकबेरीको निकै चर्चित एन्ड्रोयड स्लाइडर (Android Slider) स्मार्टफोनको एक भिडियो लीक भएको छ । ब्ल्याकबेरी को यो फोनलाई लिएर विश्वभर हल्लाले बजार तताएको छ । यसअघि पनि यो फोटो लीक भएको थियो भने कुनै बेला यसको विशेषताको बारेमा तर अहिले यो फोनको भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा यो स्मार्टफोन एन्ड्रोयड ललीपप देखाईएको छ ।
ईभलीक्सको इभान ब्ल्यासले पोस्ट गरेको भिडियोमा ब्ल्याकबेरीको यो फोनमा स्लाईडिंग की बोर्ड देखिएको छ । साथै यो भिडियोमा क्यामरामा लेन्सलाई पनि विशेष किसिमले देखाईएको छ ।
खबरहरुका अनुसार ब्ल्याकबेरीको यो फोनलाई ब्ल्याकबेरी भेनिस नाम दिईएको छ । चर्चित टेक रिपोर्टर इभानका अनुसार यो फोन नोभेम्बरसम्म अमेरिकाको बजारमा उपलब्ध हुनेछ । इभानले पहिले पनि ब्ल्याकबेरीका कयौं फोन लन्च पहिले नै उसको जानकारी सार्वजनिक गर्दै आएका छन् ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहोस्-
प्रकाशित: ५ भाद्र २०७२, शनिबार