आईफोन प्रयोगकर्ताका लागि ह्वाट्सएपको वेब भर्सन आयो

Technology Khabar ३ भाद्र २०७२, बिहीबार

आईफोन प्रयोगकर्ताका लागि ह्वाट्सएपको वेब भर्सन आयो

काठमाडौं ।

काठमाडौं, ३ भदौ । च्याटिंग एपको रुपमा परिचित ह्वाट्सएप (WhatsApp) ले आइफोन यूजर्सका लागि वेब भर्सन सार्वजनिक गरेको छ । एन्ड्रोयड यूजर्सका लागि वेब भर्सन कम्पनीले आठ महिना पहिले नै सार्वजनिक गरेपनि आईफोन प्रयोगकर्ताका लागि ह्वाटस्एपको वेब भर्सन भने भर्खर मात्र सार्वजनिक गरिएको हो ।

अब आइफोन प्रयोगकर्ताहरुले आफ्नो एकाउन्ट तथा च्याट ह्वाट्सएपको वेब भर्सनमा सिंक्रोनाइज गर्न पाउने छन् । ह्वाट्सएपको वेब भर्सन गत जनवरीमा सार्वजनिक हुँदा एन्ड्रोयडका साथै विण्डोज फोन तथा ब्ल्याबकेरीमा सपोर्ट गर्ने भएपनि एप्पलको प्लेटफर्मको सिमितताको कारण भन्दै यो आईओएस (iOS) मा उपलब्ध भएको थिएन् ।

वेब भर्सन विशेषत ह्वाट्सएपको मोबाइल भर्सनको परिस्कृत स्वरुप हो । यसका लागि प्रयोगकर्ताले कुनै सफ्टवेयर आफ्नो ल्यापटप वा डेस्कटपमा डाउनलोड गर्न पर्दैन् । एक विशेष प्रविधिको सहयोगबाट फोनको ह्वाट्सएप भर्सनको एक कपी कम्प्यूटरमा काम गर्नेछ । यसले सबै म्यासेज फोनमा लाइभ हुनुका साथै कम्प्यूटर वा ल्यापटपमा पनि देखिनेछ ।

आईफोन यूजर्सले ह्वाट्सएप वेब भर्सन प्रयोग गर्नकालागि सबैभन्दा पहिले आफ्नो मोबाइलमा एप अपडेट गर्नुपर्ने हुन्छ । अपडेट हाल सबै प्रयोगकर्ताका लागि उपलब्ध छैन् त्यसैले केहि प्रयोगकर्ताले केहि कुर्नुपर्ने हुनसक्दछ ।whatsappweb_2

अपडेट गरेपछि ह्वाट्सएपको सेटिंग्समा गएर ह्वाट्सएप वेब अप्शनमा क्लिक गर्नुपर्ने हुन्छ ।

अब वेब डट ह्वाट्सएप डट कम वेबसाइटमा गएर क्यूआरलाई स्यान गर्नुहोस् । स्क्यानिंगपछि यूजर्सको मोबाइल क्यामरा नै प्रयोग हुनेछ ।

अब तपाईँले ह्वाट्सएप वेबको मोबाइल भर्सन पीसी भर्सनमा परिवर्तन हुनेछ । यसको लागि प्रयोगकर्ताको मोबाइल तथा ल्यापटप वा कम्प्यूटर दुबैमा इन्टरनेट जोडिएको हुनुपर्नेछ ।

ह्वाट्सएपले गत अप्रिलमा ८०० मिलियन मासिक प्रयोगकर्ता रहेको दाबी गरेको छ । कम्पनीले अहिले वीच्याट, काकाओटक तथा लाईन जस्ता प्रतिस्पर्धिहरुसँग बजारमा प्रतिस्पर्धा गरिरहेको छ ।

easy care

प्रकाशित: ३ भाद्र २०७२, बिहीबार