सेल्फी प्रेमीहरुलाई ध्यानदिँदै माइक्रोम्याक्सले २ वटा सेल्फी फोन ल्यायो

Technology Khabar १ भाद्र २०७२, मंगलवार

सेल्फी प्रेमीहरुलाई ध्यानदिँदै माइक्रोम्याक्सले २ वटा सेल्फी फोन ल्यायो
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १ भदौ । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले सोमबार क्यानभास सेल्फी सिरिजको दुईवटा नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले क्यानभास सेल्फी २ तथा क्यानभास सेल्फी ३ सार्वजनिक गरेको हो ।

माइक्रोम्याक्सको क्यानभास सेल्फी ३ को मूल्यको बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन् । यो स्मार्टफोन अगस्टको अन्त्यसम्ममा उपलब्ध हुनेछ ।

क्यानभास सेल्फी २Micromax-Canvas-Selfie-2

क्यानभास सेल्फी २ स्मार्टफोन अफलाइन तथा अनलाइनमार्फत बिक्री हुनेछ जसको बिक्री यहि अगस्ट २२ देखि हुनेछ भने कम्पनीले यसको मूल्य भारु ५,९९९ तोकेको छ ।

माइक्रोम्याक्सको क्यानभास सेल्फी २ मा ५ इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ४८०X८५४ पिक्सेल रहेको छ । यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने यसमा १ जीबीको र्याम रहेको छ । यो फोनमा ८ जीबीको इन्टरनल स्टोरेज छ, जसलाई बढाउन सकिन्छ ।

क्यानभास सेल्फी २ मा ५ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यो फोनको ब्याट्री क्षमता २,००० एमएएच रहेको छ ।

क्यानभास सेल्फी ३micromax_canvas_selfie_3

माइक्रोम्याक्सको क्यानभास सेल्फी ३ स्मार्टफोनमा भने ४.८ इन्चको एचडी डिस्प्ले रहेकोछ, जसको रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ । यो स्मार्टफोनको डिस्प्लेलाई कोर्निंग गोरिल्ला ग्लास २ द्धारा सुरक्षित गरिएको छ । यसमा पनि क्यानभास सेल्फीको जस्तै १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर राखिएको छ भने १ जीबीको र्याम छ । यो स्मार्टफोनमा ८ जीबीको इन्टरनल स्टोरेज छ, जसलाई माइक्रो एसडी कार्डको माध्यमबाट बढाउन सकिन्छ ।

क्यानभास सेल्फी ३ स्मार्टफोनमा एलईडी फ्ल्याशसहित ८ मेगापिक्सेलको अटोफोकश रियर क्यामरा रहेको छ । त्यस्तै यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ, जसको सहयोगमा ७८ डिग्री वाइड एंगलको सेल्फी खिच्न सकिन्छ । यो स्मार्टफोनमा २,३०० एमएएचको ब्याट्री रहेको छ ।

कम्पनीले यो स्मार्टफोनको ग्राहकहरुलाई ब्लूटूथ फंगशननलिटीसहितको सेल्फी स्टिक पनि दिनेछ ।

Sajilo Visa

प्रकाशित: १ भाद्र २०७२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार