Technology Khabar ३२ श्रावण २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, ३२ साउन । फोटो तथा भिडियोका शौखिनहरका लागि माइक्रोसफ्टले नयाँ एप ल्याएको छ । विण्डोज ८.१ फोनका लागि माइक्रोसफ्टले फोटो स्टोरी नामको एप सार्वजनिक गरेको छ ।
विण्डोज ८.१ स्मार्टफोनका लागि यो फोटो स्टोरी एपको निर्माण माइक्रोसफ्ट ग्यारेज प्रोजेक्टअन्तरगत गरिएको हो । यो एपले फोन ग्यालेरीका उत्कृष्ट फोटो तथा इभेन्टहरुलाई अटोमेटिकल्ली अरेन्ज गरेर भिडियो एल्बम तयार गर्दछ ।
माइक्रोसफ्टले यो एप अन्य फोटो एप्सको तुलनामा निकै छिटो काम गर्ने तथा छिटै भिडियो बनाउन सक्ने दाबी गरेको छ । यो एप कोर्टानाको माध्यमबाट भ्वाइस कमाण्डद्धारा पनि काम गर्दछ । यदि तपाईँ कोर्टानाद्धारा ‘स्टोरी फ्रम टूडे’ भन्नुभयो भने तपाईँको स्क्रीनमा आजको फोटो देखाउँछ ।
यो एपको माध्यमबाट विण्डोज ८.१ स्मार्टफोन प्रयोगकर्ताले एल्बमलाई आफ्नो चाहनाबमोजिम एडिट गरेर नयाँ नयाँ इफेक्टस् राख्न सक्नेछन् ।
यो एपको विशेषता भनेको तपाईँले यसमा आफ्नो मनपरेको म्यूजिक पनि हाल्न सक्नुहुनेछ । यो एपको माध्यमबाट बनाएको भिडियो सजिलैसँग साथीहरुसँग सेयर पनि गर्न सकिनेछ ।
माइक्रोसफ्टका अनुसार यो एप फोटो सेलेक्सनका लागि मेसिन लर्निंग प्रोसेसको प्रयोग गर्दछ, जसले उत्कृष्ट फोटो तथा इभेन्टस्लाई छनौट गरेर भिडियो बनाउन सकिन्छ ।
प्रकाशित: ३२ श्रावण २०७२, सोमबार