सामसुंगका मिड रेन्जका स्मार्टफोनहरु ‘ग्यालेक्सी जे५ र ग्यालेक्सी जे७’ बजारमा

Technology Khabar ३२ श्रावण २०७२, सोमबार

सामसुंगका मिड रेन्जका स्मार्टफोनहरु ‘ग्यालेक्सी जे५ र ग्यालेक्सी जे७’ बजारमा
Classic Tech

काठमाडौं ३२ साउन । कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले ‘मिड रेन्जका’का दुई नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । सामसुङले आइतबारदेखि जे सेरिजका स्मार्टफोनहरु ‘ग्यालेक्सी जे ५’ र ‘ग्यालेक्सी जे ७’ बजारमा बिक्रि वितरण सुरु गरेको छ ।

‘नयाँ सेटहरुमा हामीले जेजस्ता फिचर ग्राहकलाई दिएका छौं यो प्राइस सेगमेन्टका अन्य फोनहरुमा त्यो उपलब्ध छैन’ सामसुङ मोबाइलका नेपाल प्रतिनिधि प्रणयरत्न स्थापितले भने-‘एकसाथ दुईवटा छनौट अबसरसहित हामीले ग्राहकलाई स्मार्टफोन प्रयोगको सम्झौताहिन अनुभव लिने अवसरसमेत दिएका छौं ।’

सामसुङले दुवै फोनमा शक्तिशाली फिचरहरु उपलब्ध गराएको छ । कतिपय फिचर यस्ता छन जो हालसम्म उच्च मूल्यका फोनमा मात्र उपलब्ध थिए । यी दुवै फोनमा सुपर एमोलेड डिस्प्ले, अल्ट्रा पावर सेभिङ मोड, इजी मोड र मल्टिटास्क पर्फमेन्स लगायतका सुविधा छन् । Samsung

यी दुवै फोनमा एलइडी फ्लाससहित १३ मेगापिक्सेलको अटो फोकस क्यामेरा प्रयोग गरिएको छ । दुवै सेटमा ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ भने पहिलोपटक सामसुङका फोनहरुमा फ्रन्ट क्यामेरासँगै एलइडी फ्लास राखिएको छ ।

दुबै फोन  एन्ड्रोयड ललिपप ५.१ अपरेटिङ सिस्टममा आधारित रहेका छन् भने स्क्रिन रिजोलुसन र सिम संख्या दुवै फोनमा समान छ ।

जे ५ मा ५ इन्चको डिस्प्ले तथा जे ७ मा ५.५ इन्चको डिस्प्ले राखिएको छ । जे ५ मा २६०० एमएएच र जे ७ मा ३००० एमएएच क्षमताका ब्याट्री रहेको छ ।

सामसुंगको जे ५ स्मार्टफोनमा १.२ गीगाहर्जको क्वाड कोर स्न्यापड्रयागन ४१० चीपसेट प्रयोग गरिएको छ । यो स्मार्टफोनमा १.५ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज रहेको छ ।

सामसुंगको जे ७ स्मार्टफोनमा १.५ गीगाहर्जको अक्टा कोर साइनोज ७५८० चीपसेट प्रयोग गरिएको छ । यो स्मार्टफोनमा पनि १.५ जीबीको र्याम छ भने १६ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

नेपाली बजारमा जे ५ को मूल्य २१ हजार ९ सय रुपैयाँ छ भने जे ७ को मूल्य २५ हजार ९ सय पर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३२ श्रावण २०७२, सोमबार

Comments are closed.

Loading...