लेनोभोको नयाँ ल्यापटपहरुमा ६४ जीबीसम्मको र्याम सपोर्ट गर्ने

Technology Khabar २९ श्रावण २०७२, शुक्रबार

लेनोभोको नयाँ ल्यापटपहरुमा ६४ जीबीसम्मको र्याम सपोर्ट गर्ने

काठमाडौं ।

काठमाडौं, २९ साउन । लेनोभो कम्पनीले आफ्नो २ नयाँ ल्यापटप पी ५० तथा पी ७० बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यी दुबै ल्यापटपमा इन्टेलको पहिलो मोबाइल जियोन प्रोसेसर राखेको छ । यो कम्पनीको स्काइलेक माइक्रोअर्किटेक्चर अपरेटिंग सिष्टममा आधारित रहेको छ । यसको मद्धतबाट यूजरले ल्यापटपमा ६४ जीबीसम्मको र्याम प्रयोग गर्न सक्दछन् ।Lenovo laptop_1

लेनोभो पी ७०

यो ल्यापटपमा १७ इन्चको फूल एचडी डिस्प्ले राखिएको छ । जसले फोर के रिजोल्यूशनको गूणस्तर दिन्छ । फोर के रिजोल्यूशन एचडीभन्दा ४ गुणा अधिक रिजोल्यूशन क्वालिटी हो ।

यो ल्यापटपमा इन्टेलको क्वाड कोर जियोन ई३ १५०० एम भी५ प्रोसेसर रहेको छ ।

यसका साथै लेनोभोका यी ल्यापटपहरुले १ टीबी एसएसडी अथवा १ टीबी एचएचडी सपोर्ट गर्दछ । यसमा यूएसबी टाइप सी थंडरबोल्ट ३ पोर्ट दिईएको छ ।

लेनोभो पी५०

यो ल्यापटपमा१५.६ इन्चको फूल एचडी डिस्प्ले राखिएको छ भने यसले पनि फोरके रिजोल्यूशन क्वालिटी सपोर्ट गर्दछ । यो मोडलको ल्यापटपको सबै फीचर्स पी ७० को जस्तै रहेको छ ।

पी ५० मा कम्पनीले डिभिडी आरडब्लू र्यामको अप्शन पनि दिएको छ, जुन पी ७० मा उपलब्ध छैन् ।

लेनोभोले पी ५० को बजार मूल्य १,५९९ डलरदेखि शुरु हुनेछ भने पी ७० सिरिजका ल्यापटपहरुको मूल्य १,९९९ डलरबाट शुरु हुनेछ ।

Sajilo Visa

प्रकाशित: २९ श्रावण २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया