एप्पलको लाइभ टिभी सेवामा ढिलाई हुने

Technology Khabar २९ श्रावण २०७२, शुक्रबार

एप्पलको लाइभ टिभी सेवामा ढिलाई हुने

काठमाडौं ।

काठमाडौं, २८ साउन । एप्पल ईन्कको लाइभ टेलिभिजन सेवा आगामी वर्षसम्मका लागि ढिलाई हुने भएको छ ।

कम्पनीले लाइभ टिभी सेवा शुरु गर्ने तयारी गरेको थियो । यो सेवा चालु वर्षमा नै इन्टरनेटमार्फत शुरु गर्ने तयारी गरेको थियो । तर ब्लूमबर्ग समाचार संस्थाले यो सेवामा ढिलाई हुने आईफोन निर्माताको योजनासँग परिचितलाई उद्धृत गर्दै लेखेको छ ।

टिभी ब्रोडकास्टर्सहरु सिबिएस कर्प तथा ट्वान्टी फष्र्ट सेन्चुरी फक्स इन्कसँगको छलफलमा कार्यक्रमको लाइसेन्सको विकास सुस्त भएको हुँदा र कन्टेन्टहरुको कमी भएको हुँदा सेवा शुरु हुन ढिलाई भएको हो । यो सेवा यहि सेप्टेम्बर ९ तारिखमा आयोजना हुने एप्पलको इभेन्टमा शुरु हुने घोषणा गर्न लागिएको थियो ।

त्यस्तै राम्रो दृश्य अनुभव दिनको लागि एप्पलसँग कम्प्यूटर नेटवर्क क्षमताको पनि कमी भएको ब्लूमबर्गले उल्लेख गरेको छ ।

एप्पलले अझैपनि आफ्नो हुन लागेको इभेन्टमा  थप शक्तिशाली भर्सनको एप्पल टिभी सेटटप वक्स शुरु गर्ने योजना लिएको छ । यो इभेन्ट सान फ्रान्सिस्कोमा सेप्टेम्बर ९ मा हुँदैछ ।

एप्पलको यो सेवाको मूल्य ३० डलरदेखि ४० डलर प्रति महिना हाराहारीमा राख्ने विचार गरिरहेको संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

easy care

प्रकाशित: २९ श्रावण २०७२, शुक्रबार