क्यान सफ्टेक-२०१५ भदौ १७ देखि

Technology Khabar २८ श्रावण २०७२, बिहीबार

क्यान सफ्टेक-२०१५ भदौ १७ देखि
पत्रकार सम्मेलनमा क्यान महासंघका पदाधिकारीहरु

काठमाडौं ।

काठमाडौं, २८ साउन । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले भदौ १७ गते देखि २० गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान सफ्टेक २०१५ आयोजना गर्ने भएको छ । क्यानले कन्भर्जींग टू इ लाईफ “Converging to e-life” भन्ने मूल नाराका साथ ७ औं सफ्टेक आयोजना गर्न लागेको हो ।

स्वदेशी तथा विदेशी सफ्टवेयर, सर्भिसेस एण्ड सोलुशनस् र कम्युनिकेशन सम्बन्धि कम्पनीहरुले भागलिने क्यान सफ्टेक २०१५ को टाइटल स्पोन्सर सुबिसु केवलनेट र एशोसिएट स्पोन्सरको रुपमा एक्सेस वल्र्ड टेक रहेको क्यानले आज आयोजना गरेको पत्रकार सम्मलेनमा जानकारी दिएको छ । कार्यक्रममा क्यान महासंघका अध्यक्ष विनोद ढकालले हालसम्म सरकारी नीतिमा सूचना प्रविधि क्षेत्र उपेक्षित भएको भन्दै सफ्टटेक आयोजना गर्न पनि कठिन हुँदै गएको बताए । उनले सरकारले ल्याएको सूचना तथा प्रविधिसँगको नीतिको मस्यौदामा क्यान महासंघको असहमति रहेको बताए ।

क्यान महासंघका अनुसार सुबिसु क्यान सफ्टेक २०१५ इन एसोसिएसन विथ एक्सेस वल्र्डमा जम्मा १४२ वटा स्टलहरु रहनेछन् । हाल सम्म ७० प्रतिशत स्टल निश्चित भईसकेका छन् । जसमा सफ्टवेयर, कम्प्युूटर शिक्षा, कम्प्युटर सुरक्षा, वैकिङ, सूचना व्यवस्थापन, लेखा व्यवस्थापन, एन्टिभाईरस र अस्पताल व्यवस्थापन लगायतका सफ्टवेयरहरु रहेका छन् भने, सेवा सम्बन्धि क्षेत्रमा, ईन्टरनेट सेवा, केबल तथा टेलिभिजन सम्बन्धि सेवा, त्यस्तै सोलुशनको क्षेत्रमा सेक्युरिटी सोलुशनस्, वायरलेश सोलुसनस्, प्रिन्टिङ्ग सोलुशनस्, पावर सोलुसनस् र विभिन्न एप्लीकेशन सहितका ट्यावलेटहरुसँग सम्बन्धित स्टलहरु रहेका छन् । साथै यो पटकदेखि सफ्टटेक मेलामा कम्प्युटर र सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले स्मार्ट मोबाईल र ल्यापटप सहितका स्टलहरु थप गरीएको छ ।

यस पटक मेला अवलोकनकर्ताको संख्या १ लाख ५० हजार सम्मको हाराहारी पुग्ने अनुमान गरिएको छ भने  सफ्टेक अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५० र विद्यार्थीहरुलाई रु २५ तोकिएको क्यान महासंघले जनाएको छ ।

easy care

प्रकाशित: २८ श्रावण २०७२, बिहीबार

ताजा समाचार