Technology Khabar २७ श्रावण २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, २७ साउन । यदि तपाई सस्तो चार्जरले आफ्नो फोन चार्ज गरिरहनु भएको छ भने होशियार हुनुहोस् । बजारमा निकै कम मूल्यमा पाईने सस्ता र गूणस्तरहीन चीनियाँ मोबाइल चार्जरले ज्यान नै लिन सक्दछ । भारतमा हालै यस्तै घटना सार्वजनिक भएको छ ।
भारतीय समाचारमाध्यमहरुका अनुसार हाल लखनउमा चीनियाँ चार्जरले मोबाइल चार्ज गरिरहेको एक जनाको मृत्यु भएको छ । भारतको लखनऊको काकोरी क्षेत्रमा यस्तो घट्ना घटेको हो ।
आज तककाअनुसार स्नातक तहमा पढ्दै गरेका छात्र सौरभ पाण्डेको चीनियाँ चार्जरबाट मोबाइल चार्ज गरिरहँदा मृत्यु भएको हो । चार्ज गरिरहेको समयमा करेन्ट लाग्दा उनको मृत्यु भएको बताईएको छ ।
मृतक पाण्डेका छिमेकीहरुका अनुसार उनी बस्ने गरेको भाडाको घरमा पहिलो तल्लामा निर्माणको काम भईरहेको थियो, जसका कारण उनको कोठामा पनि चीसो भएको र भित्ताहरु पनि पानीले चिसो भएका थिए ।
सौरभका साथी अभिषेककाअनुसार फोनको सक्कली चार्जर केहि दिन पहिले हराएको थियो । त्यसपछि सौरभले चीनियाँ चार्जर खरिद गरेका थिए । उनको कोठाका भित्ताहरु ओसिलो र चिसो भएका थिए र उसले दुई दिन पहिले चार्ज गरेको समयमा फोनलाई हातमा लिँदा झन्झनाहट महशुस भईरहेको थियो ।
मंगलवार पनि सौरभले आफ्नो फोज चाजिंगबाट अनप्लग गर्ने कोशिस गरेका थिए । तर उनको हात केबलमा टाँसियो । सौरभकी आमा उषाका अनुसार उनले चिच्याएको आवाज सुनेर कोठातिर दौडिईन् । सौरभ तल ढलेका थिए । केबल उसको हाथमा टाँसिएको थियो । र उनले कुचोको सहयोगमा केबल उनको हातबाट हटाईन् ।
उक्त घट्नापछि सौरभलाई छिमेकीहरुले अस्पताल पुर्याए जहाँ अस्पतालले मृत घोषित गरिदियो ।
नेपालमा पनि फुटपाथमा सस्ता र गूणस्तरहीन मोबाइल तथा मोबाइल चार्जर छ्यापछ्याप्ति पाईन्छन् । त्यसैले अब त्यस्ता सामाग्रीबाट होसियार हुने हो की ?
आजतक डटकमको सहयोगमा
प्रकाशित: २७ श्रावण २०७२, बुधबार