फेसबुकले ब्रेकिंग न्यूज एप ल्याउन सक्ने

Technology Khabar २७ श्रावण २०७२, बुधबार

फेसबुकले ब्रेकिंग न्यूज एप ल्याउन सक्ने

काठमाडौं ।

काठमाडौं, २७ साउन । फेसबुक आजकाल बढ्दो अनलाईन न्यूज ट्रेण्डलाई हेरेर फेसबुकमा नै समाचार उपलब्ध गराउनका लागि विभिन्न प्रयोग गरिरहेको छ । फेसबुकले हालै इन्स्ट्यान्ट आर्टिकल सर्भिसको शुरुवात गरेको छ, जसको माध्यमबाट फेसबुकले विश्वका ठूला समाचार संस्थाहरु जस्तै बिबिसी, द न्यूयोर्क टाइम्स, द गार्जियन तथा नेशनल जियोग्राफिकसँग करार गरेको छ ।

यस्तो करारको आधारमा समाचार संस्थाले सिधा फेसबुक फीडमा न्यूज उपलब्ध गराईरहेका छन् । यो नयाँ सर्भिजको माध्यमबाट कुनै दोस्रो ब्राउजर नखोलीकन नै पुरा समाचार पढन सकिनेछ ।

समाचार साइट बिजनेस इनसाइडरका अनुसार फेसबुक ब्रेकिंग न्यूज नोटिफिकेशनको लागि एक विशेष किसिमको एप निर्माण गरिरहेको छ । यो एप ट्वीटर जस्तो हुनेछ । जसको माध्यमबाट न्यूज पब्लिसर्सले सिधा यूजरको फोनमा ब्रेकिंग न्यूज बढाउन सक्नेछन् ।

समाचारहरुका अनुसार यो एप शुरुवाती चरणमा नै रहेको छ । यो एपले यूजरलाई आफ्नो मनपर्ने न्यूज पब्लिसर्स, लोकेशन तथा खबरहरुको प्रकार छनौट गर्ने सुविधा दिनेछ । प्रयोगकर्ताले छनौट गरेको पब्लिसर्स तथा लोकेशनको समाचार मात्र एपमा आउनेछ । ब्रेकिंग न्यूज, पब्लिसर्सको वेबसाइटमा जोडिएको हुनेछ । प्रयोगकर्ताले ब्रेकिंग न्यूजमा क्लिक गर्ने बित्तिकै त्यो न्यूज पब्लिसरको वेबसाइटमा जानेछ जसलाई सब्सक्राईब गरिएको छ ।

इन्स्ट्यान्ट आर्टिकल सर्भिस शुरु गरेपछि फेसबुक समाचार उद्योगमा तिब्र गतिमा अगाडि बढिरहेको विशेषज्ञहरुको अनुमान छ ।

easy care

प्रकाशित: २७ श्रावण २०७२, बुधबार