लेनोभोको नयाँ ब्राण्डको फोन ‘जूक जेड वान’ सार्वजनिक

Technology Khabar २७ श्रावण २०७२, बुधबार

लेनोभोको नयाँ ब्राण्डको फोन ‘जूक जेड वान’ सार्वजनिक

काठमाडौं ।

काठमाडौं, २७ साउन । लेनोभोले आफ्नो नयाँ जूक (Zuk) ब्राण्ड सिरिजको पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले यो सिरिजको पहिलो स्मार्टफोन जूक जेड वान (Zuk Z1) नामबाट शुरु गरेको छ । लेनोभोले चीनमा एक कार्यक्रम आयोजना गर्दै जूक जेड वान स्मार्टफोन सार्वजनिक गरेको हो, जुन फोन अगस्ट १८ तारिखदेखि मात्र बजारमा बिक्री शुरु हुनेछ ।

जूक जेड वान स्मार्टफोनमा मेटल फ्रेमको प्रयोग गरिएको छ । यसमा लेनोभोको साटो पछाडि भागमा जूकको लोगो राखिएको छ ।

हाल चीनमा मात्र सार्वजनिक भएको यो स्मार्टफोन अन्य बजारमा आउँछ वा आउँदैन केहि जानकारी छैन् ।ZUK-Lenovo_2

जूक जेड वानमा ५.५ इन्चको फुल एचडी डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन १०८०X१९२० पिक्सेल राखिएको छ । यसको फ्रन्ट प्यानलमा होम बटन राखिएको छ । जेड वान स्मार्टफोनमा राखिएको होम बटनले फिंगरस्क्यानरको जस्तै काम गर्नेछ ।

यो फोनको प्रोसेसर २.५ गीगाहर्जको क्वालकम स्न्यापड्रयागन ८०१ रहेको छ भने एड्रेनो ३३० जीपीयू रहेको छ । यसमा ३ जीबीको र्याम तथा ३२ जीबी र ६४ जीबीको इन्टरनल मेमोरी अप्शन राखिएको छ । तर यो फोनमा माइक्रो एसडी कार्ड भने सपोर्ट गर्दैन् ।

यो स्मार्टफोनले नानो सिम सपोर्ट गर्दछ भने एन्ड्रोयडको ललीपप ५.१.१ अपरेटिंग सिस्टमा संचालन हुन्छ । यो फोन फोरजी एलटीई सपोर्ट गर्दछ भने वायर कनेक्टिभिटीका लागि यूएसबी टाईप सी रहेको छ ।zuk-z1_3

लेनोभोको नयाँ स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा रहेको छ । यो क्यामरामा सोनीको सेन्सर तथा अप्टिकल इमेज स्टेबलाइजेशन राखिएको छ । यसका साथै यसमा ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा पनि रहेको छ ।

यो स्मार्टफोनमा ४,१०० एमएएचको ब्याट्री छ भने यो फोन ह्याइट तथा ग्रे कलरमा उपलब्ध रहेको छ । यो फोनसँगै द्रूत चार्ज गर्ने फास्ट २.५ ए चार्जर पनि उपलब्ध हुन्छ ।
चीनमा मात्र उपलब्ध यो फोनको मूल्य १,७९९ यूआन अर्थात  २८५ अमेरिकी डलर तोकिएको छ ।

Global Bank
easy care

प्रकाशित: २७ श्रावण २०७२, बुधबार