Technology Khabar २७ श्रावण २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, २७ साउन । भारतीय स्मार्टफोन मेकर कम्पनी इन्टेक्सले आफ्नो नयाँ बजेट स्मार्टफोन इन्टेक्स एक्वा क्लाउड सार्वजनिक गरेको छ । कम्पनीले बजेट फोनको रुपमा ल्याएको यो स्मार्टफोन शपक्लूज वेबसाइटमा खरिद गर्न सकिन्छ ।
इन्टेक्सको यो स्मार्टफोन ड्यूअल सिम सपोर्ट गर्दछ । इन्टेक्सको नयाँ स्मार्टफोनमो ४.५ इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन ५४०X९६० रहेको छ । यो फोनको प्रोसेसर १.३ गीगाहर्ज क्वाड कोरको रहेको छ । यसमा २ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
यसमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ । इन्टेक्स एक्वा क्लाउडमा १७०० एमएएचको ब्याट्री रहेको छ ।
यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ मा आधारित रहेको छ । भारतमा सार्वजनिक भएको यो स्मार्टफोनको मूल्य ६,९९९ भारु तोकिएको छ ।
कम्पनीले यो स्मार्टफोनका साथमा १६ जीबीको मेमोरी कार्ड निशुल्क दिईरहेको छ । यसका साथै कम्पनीले २,८०० एमएएच पावरसहितको पावरबैंक तथा सेल्फी स्टिक पनि निशुल्क दिईरहेको छ । भारतमा यो फोनको एक्सिडेन्टल इस्यूरेन्स पोलिसी तथा तीन महिनाको लागि एयरटेलको १.५ जीबी डाटा प्याक पनि निशुल्क उपलब्ध हुनेछ ।
प्रकाशित: २७ श्रावण २०७२, बुधबार