सामसुंगले ग्यालेक्सी एस सेभनको परिक्षण गर्दै, फोनमा स्न्यापड्रयागन८२० चीप हुनसक्ने

Technology Khabar २६ श्रावण २०७२, मंगलवार

सामसुंगले ग्यालेक्सी एस सेभनको परिक्षण गर्दै, फोनमा स्न्यापड्रयागन८२० चीप हुनसक्ने
फोटोः जीएसएमएरेना

काठमाडौं ।

काठमाडौं, २५ साउन । सामसुंग आफ्ना नयाँ स्मार्टफोन तथा नोट सार्वजनिक गर्ने संघारमा छ । कम्पनीले केहि दिन भित्रमा नै ग्यालेक्सी नोट ५ तथा ग्यालेक्सी एस सिक्स एज प्लस सार्वजनिक गर्दैछ । तर यसका साथमा कोरियाली कम्पनीले ग्यालेक्सी एस सेभेन (Galaxy S7) का लागि पनि काम शुरु गरिसकेको छ ।

सामसुंगले ग्यालेक्सी सेभेनको काम शुरु गरिरहेको सोमबार लीक भएको केहि डकुमेन्टले देखाएको छ । संचारमाध्यमहरुका अनुसार यी डकुमेन्टहरु चीनबाट लीक भएका हुन् जुन सामसुंगको आन्तरिक संचारको प्रकृयामा रहेको थियो ।

यो डकुमेन्टमा एमएसएम८९९६ (MSM8996) उल्लेख छ, जुन क्वालकमको स्न्यापड्रयागन८२० चीपसेटको मोडल नम्बर हो । त्यस्तै कम्पनीको एन्ड्रोयड एमका लागि सफ्टवेयर विकास योजनामा जंगफ्रउ (Jungfrau) भन्ने कोड नेम उल्लेख गरिएको छ ।

जंगफ्रउ ग्यालेक्सी एस सेभेनको कोड नेम भएको चर्चा निकै फैलिएको छ । यसकारण, यसको अर्थ यो हो की सामसुंगले हालसाल पनि नयाँ फ्ल्यागशिपमा स्न्यापड्रयागन ८२० चीपसेट परिक्षण गर्न शुरु गरिसकेको छ । स्पष्टरुपमा यो चीपसेट कम्पनीको नयाँ डिभाइसमा अन्तिमसम्म रहन्छ भन्नलाई अलि चाँडो हुनेछ तर यो क्वालकमका लागि भने सुखद हो ।

सामसुंगका एक संस्करणका लागि क्वालकमले चीपसेटहरु उपलब्ध गराईरहेको थियो । तर सन् २०१५ मा सामसुंगले आफ्नै चीपसेट साइनोज सिलिकन ( Exynos Silicion) प्रयोग गर्ने छनौट गर्यो । तर आगामी वर्ष यो विचार परिवर्तन हुन लागेको हो की भन्ने चूहावट भएको डकुमेन्टले देखाएको छ ।

स्न्यापड्रयागन ८२० को बारेमा कम्पनीले निकट भविश्यमा पूरा तथ्यहरु बाहिर ल्याउने नै छ । क्वालकमको सबैभन्दा माथिल्लो तहको चीप यो वर्षको अन्त्यमा वा सन् २०१६ को शुरुवातसँगै डिभाईसमा आउने छ । एजेन्सीको सहयोगमा

Global Bank
easy care

प्रकाशित: २६ श्रावण २०७२, मंगलवार

ताजा समाचार