कोका–कोलाको “फेरि उठ्ने छ नेपाल” अभियान

Technology Khabar २६ श्रावण २०७२, मंगलवार

कोका–कोलाको “फेरि उठ्ने छ नेपाल” अभियान

काठमाडौं ।

काठमाडौं, २६ साउन । कोका–कोलाले भूकम्पपछि देशलाई पुनः पुरानै अवस्थामा फर्काउन फेरि उठ्ने छ नेपाल अभियानको शुरु गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले फेरि उठ्ने छ नेपाल अभियान शुरु भएको घोषणा गरेको छ ।

कार्यक्रममा फेरि उठ्ने छ नेपाल अभियान अन्तर्गत एउटा गीत पनि विमोचित गरियो, जसलाई रञ्जीत आचार्यले लेखेका छन् भने जेम्स प्रधानले संगित दिएका छन् । उक्त गितमा आनि छोइङ डोल्मा, सुगम पोखरेल, जेम्स प्रधान, इन्दिरा जोशी, एड्रिएन प्रधानलगायतका गायक गायिकाहरुले आवाज दिएको बताईएको छ ।

नेपालका लागि कोका–कोलाका कन्ट्री मेनेजर आलोक कोहलीले भने, “ यस फेरि उठ्ने छ नेपाल अभियान मार्फत कोका–कोलाले नेपाली जनताले देखाएको उर्जामा थप बल प्रदान गर्न सानो तर महत्वपूर्ण भुमिका निभाउने छ ।”

बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ्ग डाइरेक्टर सलमान लतिफ राँले भने, “अभियानको शुरुवातसंगै नेपाली जनताको साहस र उर्जामा थप बल पुग्ने र देशको हरेक कुनामा सकारात्मक उर्जा फैलिने कुरामा हामी आशाबादी रहेका छौं ।”

भूकम्प पीडितलाई स्वास्थ्य सेवा, आवास उपलब्ध गराउने  र परिवारसंग मिलाइ दिने योजनाअन्तर्गत कोकाकोला फाउन्डेसनले नेपाल रेडक्रस सोसाइटीसंग सहकार्य गरिरहेको अमेरिकन नेशनल रेडक्रसलाई १० लाख अमेरिकी डलर सहायता स्वरुप प्रदान गरेको थियो । साथ साथै भूकम्पको लगत्तै शुद्ध खाने पानी उपलब्ध गराउने उद्देश्यले विभिन्न अस्पताल तथा अस्थायी शिविरहरुमा किन्ले बोटल वाटर पनि वितरण गरेको थियो । आउँदा दिनहरुमा नेपाल स्थित कोकाकोला कम्पनीले विभिन्न समुदायसंग हातेमालो गर्दै नेपालको पुनर्ःिवकासमा थप काम गर्ने सोच राखेको जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २६ श्रावण २०७२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार