Technology Khabar २५ श्रावण २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, २५ साउन । माइक्रोसफ्टले स्मार्टफोन यूजर्सका लागि नयाँ एप माइक्रोसफ्ट ट्रान्सलेटर सार्वजनिक गरेको छ । यो एप एन्ड्रोयड तथा आईओएस दुबै प्रयोगकर्ताका लागि उपलब्ध छ ।
यो एप स्मार्टवाचमा पनि प्रयोग गर्न सकिने बताईएको छ । हाल माइक्रोसफ्ट ट्रान्सलेटर एप ५० भाषाहरु सपोर्ट गर्दछ ।
स्मार्टफोन प्रयोग गर्नेहरु अधिकांश समय तिब्ररुपमा टाइपिंग गर्न चाहन्छन् । यस्तोमा यो एप ती प्रयोगकर्ताहरुलाई सहयोगी हुनेछ ।
यो एपले यूजर्सको भ्वाइस कमाण्डमा टेक्स्ट टाइप गर्दछ । केहि सेकेण्डमा नै यसले निकै लामो टाइपिंग गर्नसक्दछ ।
हालसम्म यो एपलाई २, ७२० जनाले लाइक गरेका छन भने औसत रेटिंग ४.४ पाएको छ ।
यो एप अगस्ट ५ तारिखमा अपडेट गरिएको हो । यो एपको साइज ५.३ एमबी रहेको छ भने यसलाई हालसम्म ५० पटक इन्स्टल गरिसकिएको छ । यो एप एन्ड्रोयडको ४.३ वा सो भन्दा माथिको भर्सनमा मात्र संचालन गर्न सकिन्छ ।
यो एपले गूगलको ट्रान्सलेटर एपलाई चुनौती दिनसक्नेछ । किनकी गूगलको एपले केवल २७ भाषा मात्र सपोर्ट गर्दछ ।
प्रकाशित: २५ श्रावण २०७२, सोमबार