बिना तार स्मार्टफोन चार्ज गर्ने सामसुंगको मनिटर

Technology Khabar २४ श्रावण २०७२, आईतवार

बिना तार स्मार्टफोन चार्ज गर्ने सामसुंगको मनिटर

काठमाडौं ।

काठमाडौं, २४ साउन । सामसुंगले बिना कुनै कनेक्सन मोबाइल फोन चार्ज गर्ने विश्वको पहिलो मनिटर सार्वजनिक गरेको छ । सामसुंगले हालै सार्वजनिक गरेको यो मनिटर २३‍.६ इन्च तथा २७ इन्चको भेरियन्टमा उपलब्ध हुनेछ ।

यो मनिटरमा स्मार्टफोन चार्ज गर्नका लागि चार्जिंग प्याड राखिएको छ । यो प्याडमा राख्ने बित्तिकै स्मार्टफोन चार्ज हुन शुरु हुन्छ ।samsung-wireless-charging-mobile-monitor-2

कम्पनीले नयो नयाँ मनिटर कहिलेदेखि बजारमा आउँछ भन्ने कुनै जानकारी दिएको छैन् । त्यसैगरी यो मनिटरको बजार मूल्यको बारेमा पनि कुनै जानकारी छैन् ।

यो मनिटरमा क्यूआई वायरलेस चार्जिंग स्ट्याडर्ड प्याड रहेको छ जसमा स्मार्टफोन राख्ने बित्तिकै चार्ज हुन शुरु हुन्छ ।

सामसुंगको यो मनिटरमा सामसुंग ग्यालेक्सी एस ६ तथा एस सिक्स एजका साथै माइक्रोसफ्ट लूमिया, एलजी, मोटोरोला तथा सोनी ब्राण्डका कयौं स्मार्टफोनहरु चार्ज गर्न सकिन्छ ।Samsung TV

सामसुंगको एसई३७० मनिटरको स्ट्याण्डमा स्मार्टफोन राखेपनि फोन चार्ज हुन्छ । फोन चार्ज हुने बित्तिकै मनिटरमा भएको एलईडि लाईट बल्दछ ।

यो स्मार्टफोन यूजर्सको आँखालाई ध्यानमा राखेर कम्पनीले बनाएको दाबी गरेको छ । मनिटरमा हेर्दा दर्शकको आँखामा स्ट्रेस नपर्ने किसिमले बनाईएको छ भने यसमा आई सेभ मोड पनि राखिएको छ । यो मोडले स्क्रीनबाट निस्कने ब्लू लाइट इफेक्टलाई क मगर्न सहयोग गर्दछ ।samsung-body-jpg

सामसुंगको यो मनिटरमा प्लेन टू लाइन स्विचिंग प्यानल राखिएको छ, जसले दर्शकलाई १७८ डिग्रीको वाइड एंगल भ्यूईँग फीचर दिन्छ ।

यो मनिटर विण्डोज १० तथा म्याक अपरेटिंग सिस्टममा संचालन हुन्छ । यसमा ईको सेभिंग प्लस, म्याजिक ब्राईट, गेम मोड, फिकर फ्रिलगायतका विशेषताहरु रहेका छन् । एजेन्सीको सहयोगमा

easy care

प्रकाशित: २४ श्रावण २०७२, आईतवार