सामसुंगको १८.४ इन्चको ट्यालबेट परिक्षणमा

Technology Khabar २४ श्रावण २०७२, आईतवार

सामसुंगको १८.४ इन्चको ट्यालबेट परिक्षणमा

काठमाडौं ।

काठमाडौं, २४ साउन । एन्ड्रोयड वर्ल्डमा साना ट्याबलेटहरु, मिडियम साइजका ट्याबलेटहरु तथा ठूला साइजका ट्याबलेटहरु हामी छानीछानी खरिद गर्न सक्दछौं । यसमध्ये सामसुंगका ग्यालेक्सी नोट प्रो १२.२ र ग्यालेक्सी ट्याब प्रो १२.२ पनि पर्दछन् । यी ट्याबलेटहरु एक आपसमा तुलना गर्दापनि सकारात्मकरुपमा ठूला देखिन्छन् ।

तर सामसुंगका यी ट्याबलेट मात्र ठूला साइजका ट्याबलेट हुन भनेर भन्न कठिन हुने भएको छ । किनकी सामसुंगले यो भन्दा ठूलो साइजको ट्याबलेटको परिक्षण गरिरहेको सूचना लीक भएको छ । कम्पनीले १८.४ इन्चको टचस्क्रीन डिभाइसमा काम गरिरहेको सूचना सार्वजनिक भएको हो ।

कोरियाली कम्पनीले भारतमा आयात गरेको इम्पोर्टेड लिस्टमा १८.४ इन्चको ट्यालबेटको बारेमा जानकारी आएको हो । भारतमा परिक्षणका लागि आायत गरिएको यो ट्याबलेट परिक्षण पछि भने कुनै जानकारी चुहावट नहोस भनेर नष्ट गर्ने कागतपत्रमा उल्लेख छ । यो टयाब भारतमा अगस्ट १ तारिखमा आयात भएको देखिन्छ ।

यो स्याम्पल सामसुंग ट्याबलेटको मूल्य करिब ३२ हजार ३ सय ७१ भारु अर्थात ४६५ यूरो रहेको तथा पुरै ब्याचको मूल्य २ लाख २६ हजार ५ सय ९४ भारु अर्थात ३ हजार २ सय ६१ यूरो पर्ने आयात कागतपत्रमा उल्लेख छ ।

हाल बजारमा यति ठूलो स्क्रीनसहितको ट्याबलेट नभएपनि विश्लेषकहरुका अनुसार यो साइजको ट्याबलेट सामसुंगले बजारमा कमर्शियल्ली ल्याउने संभावना रहेको छ ।

easy care

प्रकाशित: २४ श्रावण २०७२, आईतवार

ताजा समाचार