Technology Khabar २४ श्रावण २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, २४ साउन । करीब ३ वर्ष अघि नेपालको छाला जुत्ता तथा उद्योगमा स्थापीत जुत्ता उत्पादक कम्पनीहरुको सक्रियतामा स्थापीत नेपाली जुत्ता घर प्रा.लि. को आयोजनामा बृहद् समरसेल मेला शुरु भएको छ ।
नेपाली जुत्ताघरको आयोजनामा यस अघि ४ वटा बिगसेल मेला सफलता पूर्वक सम्पन्न भएपश्चात वर्षा याममा पनी ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी नेपाली जुत्ता चप्पलहरुको पहिलो बृहद् समरसेल मेला नेपाली जुत्ता घरको जमल, महाराजगञ्ज र कुमारी पाटी स्थीत आफ्नै बिक्रि कक्षमा आज देखि स्टक रहुन्जेल सम्मका लागी सञ्चालन गर्न लागिएको हो ।
यो वृहद समरसेल मेलाको प्रमुख उद्धेश्य भनेको नेपाली जुत्ता उद्योगहरु बाट उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु निश्चित समयको लागी ७० प्रतिशत सम्मको बिशेष छुट र बिशेष सहुलियत सहित आश्चर्यजनक प्रतिस्पर्धि मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाई आगामी दिनमा तयारी जुत्ता चप्पलहरुको आयात लाई न्युनिकरण गर्न सहयोग पुर्याउनुनै रहेको छ ।
सो अवसरमा नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाईले सेल मेला भन्ने बित्तिकै कम्पनीको स्टकमा रहेका पुराना तथा बिग्रीएका जुत्ताहरु बिक्रि गर्ने बुझाई चिर्नका लागी गुणस्तरीय एवं आकर्षक जुत्ताहरुलाई विशेष छुटका साथ बिक्रि गर्न लागिएको बताए ।
समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, लेदर विड्डस, टाकुरा सुज, इजी शुज र शुल्याण्ड गरि १० वटा ब्राण्डका जुत्ता चप्पल हरु बिक्रि वितरण गरिनेछ । उल्लेखित ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डल हरु समेत उपलब्ध हुनेछन ।
यो समर सेल मेलामा करीव १ लाख देखी १ लाख ५० हजार को हाराहारीमा आगन्तुक हरुले अवलोकन गर्ने र करीव ४० देखी ५० हजार जोर जुत्ता चप्पलहरु बिक्रि गर्ने कम्पनीको लक्ष्य रहेको छ । यो मेला राष्ट्रिय नाचघर जमल र शाखाहरु क्रमशः महाराजगञ्ज चक्रपथ शाखा, ललितपुर कुमारीपाटी शाखा र नमस्ते सुपरमार्केट पुल्चोक शाखामा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, लेदर विड्डस, टाकुरा सुज, सफटच र शु ल्याण्ड गरि ९ वटा ब्राण्डका जुत्ता चप्पलहरु को सामुहिक प्रयासमा नेपाली जुत्ता घर स्थापना भएको हो ।
प्रकाशित: २४ श्रावण २०७२, आईतवार