Technology Khabar २४ श्रावण २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, २४ साउन । जियोनिले नयाँ बजेट स्मार्टफोन जियोनि पायोनियर पी टु एम नेपाली बजारमा ल्याएको छ । डुअल सिम र ४ इन्चको डब्लु भीजी ए स्क्रिन भएको पायोनियर पी टु एम हातमा सजिलै अट्ने कम्प्याक्ट डिजाइनमा उपलब्ध छ ।
पायोनियर पी टु एममा ३,००० एम ए एचको ब्याट्री रहेको छ, साथै फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ्ग मोडले एकदमै कम ब्याट्रीमा पनि फोनलाई चलाउन सकिने कम्पनीले जनाएको छ ।
बजेट फोनको रुपमा आएको यो स्मार्टफोनमा १६ जीबीको इन्टरनल स्टोरेज क्यापासिटि रहेको छ जसलाई मेमोरी कार्डको माध्यमबाट अझ ३२ जी बि मेमोरी यो फोनमा थप्न सकिनेछ ।
जियोनिको पायोनियर पी टु एममा १.३ गिगाहर्जको क्वाड कोर सीपीयु र १ जीबी र्याम रहेको छ । पायोनियर पी टु एममा ५ मेगा पिक्सलको रियर क्यामेरा र ०.३ मेगा पिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । यो मोडेलमा एन्ड्रोइड ५.१ ललिपपमा आधारित अमिगो ३.० अपरेटिङ्ग सिस्टम रहेको छ र कमिलियन जस्ता जियोनिकै एक्सक्लुसिभ एप पनि छ । रु ९,९९९ मूल्यमा खरिद गर्न सकिने जियोनि पायोनियर पी टु एम तीन रंग (कालो, सेतो र सुनौलो) मा उपलब्ध रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: २४ श्रावण २०७२, आईतवार