माइक्रोम्याक्स बोल्ट डि ३२० मोबाइल फोन बजारमा उपलब्ध

Technology Khabar २४ श्रावण २०७२, आईतवार

माइक्रोम्याक्स बोल्ट डि ३२० मोबाइल फोन बजारमा उपलब्ध

काठमाडौं ।

काठमाडौँ,२४ साउन । माइक्रोम्याक्सले नेपाली ग्राहकहरुका लागि नयाँ मोबाइल –माइक्रोम्याक्स बोल्ट डि ३२० बजारमा उपलब्ध गराएको छ ।

यो नयाँ माइक्रोम्याक्स बोल्ट डि ३२० मा एन्ड्रोयड ४.४.२ किटक्याट अपरेटिङ सिस्टम रहेको छ । यो फोनमा ४.५ इन्चको स्क्रीन छ भने १.२ गीगाहर्जको ड्यूल कोर प्रोसेसर राखिएको छ ।

बोल्ट डि ३२० स्मार्टफोनमा एलईडि फ्ल्याशका साथमा ३.२ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

यी सुविधाहरुका साथसाथै माइक्रोम्याक्स बोल्टडि ३२० मा ५१२ एमबीको र्याम तथा ४ जीबीको आन्तरिक स्टोरेज क्षमता राखिएको छ, जसलाई ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो स्मार्टफोनमा १६०० एमएएचको ब्याट्री रहेको छ । माइक्रोम्याक्स बोल्ट डि ३२० केवल रु ७,३७०र( मा खरीद गर्न सकिने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २४ श्रावण २०७२, आईतवार