अनलाईन खरिद–बिक्री सेवा दिने एडमाण्डु डटकम शुरु

Technology Khabar २२ श्रावण २०७२, शुक्रबार

अनलाईन खरिद–बिक्री सेवा  दिने एडमाण्डु डटकम शुरु

काठमाडौं ।

काठमाडौं,  २२ साउन । हाल नेपालमा देखिएको अनलाईन बजारको उर्वरतालाई ध्यानमा राख्दै एडमाण्डु डटकम (admandu.com) ले नयाँ तथा पुराना सामान र सेवाको अनलाईन विज्ञापन गर्न मिल्ने सेवा शुरु गरेको छ । यो सुरुवात नेपाली बजारमा नौलो र बहुआयामिक हुने विश्वास लिएको छ ।

विक्रेता वा सेवाग्राहीले बिना कुनै झन्झट सोझै यस वेवसाइटमार्पmत सेवा लिनसक्नेछन् । यो सेवा पूर्णरुपमा निःशुल्क भएको कम्पनीको भनाई छ ।

नेपालको अनलाईन बजारलाई व्यवसायिक, विश्वसनिय, बजारमुखी बनाउने उदेश्यका साथ आएको एडमाण्डु डटकममाफर्त घर वा कार्यालयमा नै बसी कुनै पनि पुराना वा नयाँ सामान खरिद बिक्री गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।

easy care

प्रकाशित: २२ श्रावण २०७२, शुक्रबार