एलजीको नयाँ शोरुम कान्तिपथमा, दैनिक उपहार र लक्की ड्र साताभर

Technology Khabar २० श्रावण २०७२, बुधबार

एलजीको नयाँ शोरुम कान्तिपथमा, दैनिक उपहार र लक्की ड्र साताभर
Global IME Bank

काठमाडौं ।

काठमाडौं, २० साउन । चौधरी ग्रुप अन्तर्गत एलजी ब्राण्डको इलेक्ट्रोनिक्सलगायत घरायसी सामग्रीको नेपालको लागि एकमात्र आधिकारीक बिक्रेता सिजि इलेक्ट्रोनिक्स प्रालिले कान्तिपथ, काठमाडौंमा नयाँ शोरुम खोलेको छ । नेपाली बजारमा रिटेलिङको स्तर अझ बढाउने उद्देश्य यस कम्पनीको रहेको बताईएको छ ।

एलजी एशिया रिजनका एमडि क्रिश यी, एलजी सिंगापुरका एमडि स्कट जुंग, एलजी एशिया रिजनल सिएफओ म्यूंगहो किम, एलजी सिंगापुरका एक्सपोर्ट डाइरेक्टर एलान किम, चौधरी ग्रुपका एमडि निर्भाण चौधरीलगायतको उपस्थितिमा नयाँ एलजी लाईफ स्टाइल शपको उदघाटन गरिएको थियो । ग्राहकहरुका सबै डिजिटल आवश्यकताहरु एकै ठाउँमा परिपूर्ति गर्ने नयाँ एलजी लाइफस्टाईल शपकोे मुख्य लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

उक्त नयाँ शोरुमले त्यहाँ रहेका एलजीका नयाँ तथा आकर्षक डिजाइनका होम इन्टरटेनमेन्ट एण्ड होम एप्लाएन्सेज, मोबाइल ह्याण्डसेटहरुले ग्राहकहरुलाई आकर्षित गर्नेछ र बजारमा आएका नयाँ सामग्रीहरुको बारेमा पनि जानकारी गराउने बताईएको छ । LG-2

एलजी एशिया रिजनल एमडि क्रिश यीले नयाँ शोरुम खोल्नुको मुख्य उद्देश्य एलजीको छुट्टै पहिचान मात्र नबनाई, एलजी ब्राण्डका मूल्य र मान्यतालाई पनि उपभोक्ताहरु माझ झल्काउनु रहेको बताए ।

अन्य शोरुमहरुभन्दा यो नयाँ रहेको र ग्राहकहरुले यसबाट आफ्नो सपिङ अनुभवलाई अझ रोचक बनाउन सक्नेछन् चौधरी ग्रुपका एमडि निर्भाण चौधरीले बताए ।

यसैबिच नयाँ शोरुमको संचालनसँगै ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि प्रोत्साहन गर्न एलजीले थुप्रै योजनाहरु बजारमा ल्याएको छ । योजना अन्तरगत कुनैपनि एलजीको सामग्री खरिद गर्दा ग्राहकहरुले आकर्षक उपहारहरु प्राप्त गर्न सक्नेछन् र उद्घाटन दिनदेखि दैनिकरुपमा ७ दिनसम्म लक्की ड्रमा भाग लिन सक्ने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: २० श्रावण २०७२, बुधबार

तपाइको प्रतिक्रिया