Technology Khabar २० श्रावण २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, टोयोटाले ट्याक्सी सेवाका लागि टोयोटा ईटियोस लिभाको जी र जे मोडलका गाडिहरु उपयुक्त हुने भन्दै बिक्री शुरु गरेको जनाएको छ ।
टोयाटाका नेपालका लागि आधिकारीक बितरक यूनाईटेड ट्रेडर्स सिण्डिकेटले यी गाडिहरु ईन्धन किफायती भएको र सुरक्षाका दृष्टिले पनि उपयुक्त भएको दाबी गरेको छ ।
कम्पनीले यी दुबै मोडलका गाडिहरुमा २ वर्ष वा ४० हजार किलोमिटरको वारेन्टी प्रदान गरेको जनाएको छ ।
यी टोयोटा ईटियोस लिभाको जी र जे मोडलका गाडिहरुको मूल्य २७ लाख ८५ हजारबाट शुरु हुने कम्पनीले जनाएको छ ।
प्रकाशित: २० श्रावण २०७२, बुधबार