फियाट एभेन्चुरा नेपालमा

Technology Khabar २० श्रावण २०७२, बुधबार

फियाट एभेन्चुरा नेपालमा

काठमाडौं ।

काठमाडौं, २० साउन । ईटालियन अटोमोवाईल फियाटको लागि नेपालको आधिकारीक विक्रेता लाईफ अटो मोवाईलले सर्वाधिक प्रतिक्षा गरिएको फियाट एभेन्चुरा नेपाली बजारमा भित्र्याएको छ ।

सवारीको उत्कृष्ट अनुभव दिलाउने एभेन्चुरा एक कन्टेमपोररी अर्वन भेकल भएको जुन सहरी र अफ रोड दुबै क्षेत्रका लागि उपयोगि मानिएको कम्पनीको भनाई छ । १.४ लिटरको फुल्लि ईन्टिग्रेटेड रोवोटाईज्ड ईन्जिन (फायर) युक्त एभेन्चुरा पेट्रोलबाट चल्छ भने १.३ लिटरको मल्टि जेट टर्वोचार्जड ईन्जिन जडान गरिएको एभेन्चुरा  डिजेलबाट चल्दछ । एभेन्चुरा एक्टिभ, डाईनामिक र ईमोसन गरि तिन फरक भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जानकारी दियो ।

अफ रोड एभेन्चुराका एडभेन्चरस विशेषताहरुमा खाल्डा खुल्डि र अफ्ट्यारा बाटोको लागि बिशेस उपयोगि २०५ मि.मिको उच्च ग्राउण्ड क्लियरेन्स, चिप्लो हिलो बाटोमा चिप्लन बाट रोक्न २०५ मि.मिको फ्ल्याट टायर्स, गाडिको बम्परको सुरक्षाको लागि स्किड प्लेट र कठिन बाटोमा ईन्जिनको सुरक्षाको लागि गाडिको मुनि भागमा रहेको अन्डरबडि प्लेट प्रमुख हुन् । गाडि भित्र रहेको एडभेन्चरस विशेषताहरुमा  अफ्ट्यारा बाटोमा गाडि कति डिग्रीमा कोल्टे परेको छ वा कता तिर धेरै ढलकेको जस्ता जानकारी दिन ईनक्लिनो मिटर र दिशा पक्ता लगाउने कम्पास रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । RAJ_7476

यस्तै सहरी क्षेत्रमा पनि सुहाउने स्पार्टि एभेन्चुरामा रहेको छ , १६ ईन्चको स्पोर्टि अलो व्हिल, साईकल, कनोई, स्केट लगायत एडभेन्चरस खेलका सामान लगायत अन्य उपयोगि सामान राख्नको लागि रुफ रेल, गाडिको पछाडि टायर राख्ने स्टाईलिस रियर माउन्टेड स्पेयर, ड्युल टोन बम्पर र साघुँरा सडकहरुमा गाडि बचाउनको लागि बडि क्लयाडिङ्ग, फग लाईटको ठुला र आकर्षक हाउजिङ्ग जस्ता विशेषताहरु रहेका छन् ।

एभेन्चुराको ईन्टेरियर पनि यसको एडभेन्चर विशेषतलाई ध्यानमा राखी निर्माण गरिएको छ । पछाडि रहेको ६०स्४० को स्पिल्ट सिटका कारण यात्राका समपुर्ण सामानहरु अटाउन सकिन्छ । यस्तै दुर्घटना लगायत अन्य आपत कालिन अबस्थाका बेला सुरक्षाको लागि ड्युल एयर व्याग, आगो प्रतिरोधात्मक प्रविधि, र ए.बि.एस र ई.बि.डि जस्ता अत्याधुनिक ब्रेकिङ्ग सिस्टमहरु रहेका छन् । अन्य आरामदायि विशेषताहरुमा चारै तिर बराबर तापक्रमका लागि रियर एसि भेन्ट्स, छाला बाट बनाईएको कभर युक्त स्टेयरिङ्ग व्हिल्स, स्टेयरिङ्ग माउण्टेड अडियो र  टेलिफोन कन्ट्रोल, भ्वाईस कन्ट्रोल, स्मार्ट रियर वाईपर, र अँध्यारो ठाउँमा पार्किङ्ग गर्नका लागि फलो मि हेडल्याम्पस जस्ता विशेषताहरु रहेका छन् ।

फियाट एभेन्चुराको बजार मुल्य २९.९५ लाख रहेको छ ।

easy care

प्रकाशित: २० श्रावण २०७२, बुधबार