Technology Khabar २० श्रावण २०७२, बुधबार
काठमाडौं ।
काठमाडौं, २० साउन । फ्रान्स तथा बेल्जियमका केहि सुरक्षा अनुसन्धानकर्ताहरुको दलले आफ्नो अनुसन्धानमा स्मार्टफोनको ब्याट्री लाइफ इन्फमेशनद्धारा कसैले पनि प्रयोगकर्ताको सबै इन्टनेट गतिविधिहरुको जासुसी गर्न सक्ने दाबी गरेका छन् ।
यो अनुसन्धानमा मानिसहरुलाई विश्वास गर्न केहि गाह्रो हुनसक्दछ की एक मोबाइलको ब्याट्रीले तपाईँको गोप्य तथ्यांकहरु चोरी गर्दछ भनेर । तर अनुसन्धानकर्मीहरुले आफ्नो रिपोर्ट ‘द लिकिंग ब्याट्री’मा यो विषयलाई स्पष्ट पारेका छन् की स्मार्टफोनको ब्याट्रीहरुले तपाईँका मुख्य जानकारीहरु लीक गरिरहेको छ ।
मुख्यगरी प्रोग्रामिंग ल्यांगवेज एचीएमएल छ जसको प्रयोगक अधिकांश वेबसाइटहरुले गर्ने गर्दछन् । एचटीएमएलको यो भर्सन हालै सार्वजनिक भएको हो । यो भर्सनमा एक यस्तो कोड रहेको छ जसको माध्यमबाट एचटीएमएल ५ मा निर्माण भएको सबै वेबसाइट तपाईँको स्मार्टफोनको ब्याट्री इन्फरमेशन जम्मा गर्दछ ।
एचटीएमएल ५ मा एक यस्तो कोड हो जसले वेबसाइटमा तपाईँको ब्याट्रीसँग सम्बन्धित पुरा जानकारी राख्दछ । यस्तोमा इन्टरनेटमा कनेक्ट भएको सबै स्मार्टफोनलाई वेबसाइटले निकै सजिलोगरी पहिचान गर्न सक्दछ । यदि तपाईँ आफ्नो स्मार्टफोबाट एचटीएमएल ५ मा निर्माण भएको वेबसाइट भिजिट गर्नुहुन्छ, त्यतिबेला नै वेबसाइटलाई तपाईँको मोबाइलमा कति ब्याट्री बाँकि छ भन्ने जानकारी भईसक्दछ । यस्तो जानकारी एचटीएमएल ५ कोडको माध्यमबाट मात्र हुनेछ ।
अनुसन्धानकर्मीहरुका अनुसार वेबसाइटमा रहेको थर्ड पार्टी स्क्रीप्टले वेबसाइटलाई तपाईँको ब्याट्रीको जानकारीको आधारमा केहि सेकेण्डमा नै तपाईँको वेबसाइट भिजिटलाई लीक गरिदिन्छ । तपाईँको इन्टरभल एक हुनेहुँदा तपाईँले खोलेका अन्य सबै वेबसाइटहरुको रिडिंग एक जस्तै देखिन्छ ।
यो एक यस्तो समस्या हो, जसको समाधान कुनै एन्टी भाइरससँग छ न कुनै फायरवालमा रहेको छ । एचटीएमएलको नयाँ भर्सन ५ आएपछि अधिकांश वेबसाइटहरु अब एचटीएमएल ५ को प्रयोग गरिरहेका छन् । यस्तोमा यो समस्याबाट बच्न निकै मुस्किल छ । तर एचटीएमएलको पुरानो भर्सनद्धारा यस्तो जानकारी लीक हुने संभावना छैन्, र पुरानो भर्सनमा आधारीत वेबसाइट खोल्न कुनै चिन्ता मान्नुपर्दैन् । एजेन्सीबाट
प्रकाशित: २० श्रावण २०७२, बुधबार