फेसबुकको न्यूजफीड आफैंले छान्न सकिने

Technology Khabar २० श्रावण २०७२, बुधबार

फेसबुकको न्यूजफीड आफैंले छान्न सकिने

काठमाडौं ।

काठमाडौं, २० साउन । सोशल नेटवर्किंग साइट फेसबुकले हालै न्यूज फीडमा नयाँ परिवर्तन गरेको छ ।

फेसबुक हरेक समय यूजर फ्रेन्डली परिवर्तनका लागि परिचित साईट हो । मानिसहरु यहि साईटमा सबैभन्दा धेरै समय एक्टिभ हुन्छन् । यो साईटमा फ्रेन्ड लिस्ट जति लामो हुन्छ, न्यूज फीडमा पनि त्यतिनै लामो पोष्टहरु आउने गर्दछ । त्यसैगरी वालमा विभिन्न विज्ञापनहरु पनि निकै आउने गर्दछ ।

यहि समस्यालाई ध्यानमा राखेर फेसबुकले नयाँ फीचर ल्याएको छ, जसले आफ्नो न्यूज फीडमा नियन्त्रण गर्न सकिन्छ ।

यो नयाँ फीचरको सहयोगबाट प्रयोगकर्ताले आफ्नो न्यूज फीडमा के हेर्ने वा के नहेर्ने छनौट गर्न सक्दछ । प्रयोगकर्ताले साथीहरुको पेज तथा लाईक गरिएको पेजमध्ये कसको पोस्टस् न्यूज फीडमा टपमा देखाउने हो त्यो पनि छनौट गर्न सक्दछन् ।

प्रयोगकर्ताले आफ्नो न्यूज फीड कस्तो हुने हो । यसको निर्णय गर्न आफ्नो मनपर्ने साथीहरु तथा पेजको फलो अप्शनमा यसलाई सेट गर्न सकिनेछ । कुनै साथी वा पेजमा गएर फलो अप्शनमा क्लिक गरेर सी फस्र्ट अप्शनलाई सेलेक्ट गरेर त्यसको पोस्ट सबैभन्दा पहिले हेर्न सकिन्छ ।

easy care

प्रकाशित: २० श्रावण २०७२, बुधबार