इन्टेक्सको नयाँ फोन एक्वा ट्रेण्ड फोरजी

Technology Khabar २० श्रावण २०७२, बुधबार

इन्टेक्सको नयाँ फोन एक्वा ट्रेण्ड फोरजी

काठमाडौं ।

काठमाडौं, २० साउन । इन्टेक्स कम्पनीले एक्वा सिरिजको नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नयाँ एक्वा ट्रेंण्ड फोरजी स्मार्टफोन बजारमा ल्याएको हो ।

दुई सिम प्रयोग गर्न सकिने यो स्मार्टफोनमा ५ इन्चको डिस्प्ले राखिएको छ । यसमा १.३ गीगाहर्जको क्वाड कोर मिडियाटेक प्रोसेसर राखिएको छ । त्यस्तै यसमा २ जीबीको र्याम रहेको छ भने १६ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।

इन्टेक्सको एक्वा ट्रेण्ड फोरजी स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिकसेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यो फोन एन्ड्रोयडको ललीपपमा आधारित रहेको छ ।

यो फोनमा ३,००० एमएएचको ब्याट्री रहेको छ । यो हेडसेटमा कम्पनीले हटनट फीचर राखेको छ, जसले गर्दा यूजसले सजिलैसँग फोटो, भिडियोलगायत शेयर गर्न सहयोग गर्दछ ।

यो स्मार्टफोन सिल्भर ब्ल्याक तथा ग्रे कलरमा उपलब्ध हुनेछ ।

इन्टेक्सको यो फोन तमिल फिल्मका कलाकार महेश बाबूले सार्वजनिक गरेका थिए भने कम्पनीले महेश बाबूलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको छ ।

कम्पनीको यो स्मार्टफोन भारतीय बजारमा ९, ४४४ रुपैंयामा उपलब्ध हुनेछ ।

Global Bank
easy care

प्रकाशित: २० श्रावण २०७२, बुधबार

ताजा समाचार