होसियार: विण्डोज १० डाउनलोडमा भाइरसको आक्रमण

Technology Khabar १९ श्रावण २०७२, मंगलवार

होसियार: विण्डोज १० डाउनलोडमा भाइरसको आक्रमण

काठमाडौं ।

काठमाडौं, १९ साउन । माइक्रोसफ्टले विण्डोज १० अपरेटिंग सिष्टम सार्वजनिक गरेको केहि दिन मात्र भयो । माइक्रोसफ्टको नयाँ अपरेटिंग सिष्टम डाउनलोड गर्न हरेक प्रविधिप्रेमी प्रतिक्षारत रहेका छन् । यो ओएस सार्वजनिक भएको दुई दिन भित्र नै १४ मिलियन डाउनलोड भएको छ ।

माइक्रोसफ्टको नयाँ अपरेटिंग सिष्टममा देखिएको क्रेजका कारण अब धोखाधडी पनि शुरु भएको छ । यो ओएस डाउनलोड गर्नका लागि भन्दै फेक ईमेल आउन शुरु भएको छ । यो फ्रड ईमेलमा विण्डोज १० डाउनलोडिंगको बारेमा बताईएको छ । यो ईमेल फेक आईडीबाट पठाईरहेको छ ।

यो ईमेलमा विण्डोज १० चाहनेले क्लिक गर्ने वित्तिकै कम्प्यूटरको प्रणालीमा मालवेयर (भाइरस) इन्टल हुनेछ । यो प्रकृया स्वचालितरुपमा हुने बताईएको छ ।

एक पटक डाउनलोड गरेपछि यो मालवेयरले कम्प्यूटर तथा त्यसमा कनेक्ट भएका सबै फाईलहरु लक गरिदिन्छ । यसपछि यदि यूजर्सले आफ्नो फाइल पुन खोल्न चाहेपनि यो सफ्टवेयरले ९६ घण्टाको पेमेन्ट डिमाण्ड गर्दछ ।

यो मालवेयर निकै खतरनाक भएको विज्ञहरुको भनाई छ ।

कसरी असली विण्डोज प्राप्त गर्ने ?

विण्डोज १० आधिकारीकरुपमा बजारमा उपलब्ध हुने घोषणा गरेपछि कम्पनीले आफ्ना ग्राहकहरुलाई अपरेटिंग सिष्टमद्धारा विण्डोज १० डाउनलोड गर्ने सुविधा दिएको छ । यो ओएस इमेलको माध्यमबाट अपडेट गर्न सकिँदैन् ।windows-10-pop-up_1438

सिस्कोद्धारा जारी गरिएको गाईडलाइन्सका अनुसार यूजर्सलाई कुनै पनि इन्टरनेट सोर्स अथवा ईमेलबाट यो ओएस डाउनलोड गर्न हुँदैन् । विण्डोज १० डाउनलोड गर्नका लागि यूजर्ससँग पपअन नोटिफिकेशन आउनेछ । अहिलेसम्म यसका मापदण्डमा परेका यूजर्सको कम्प्यूटरमा यो पप अप नोटिफिकेशन अाईसकेको हुनुपर्दछ ।

हाल ईमेलमार्फत विण्डोज १० भर्सन डाउनलोडका लागि आएको ईमेल माइक्रोसफ्टको तर्फबाट आधिकारीकरुपमा रिलिज गरिएको जसरी आईरहेको छ । यो ईमलेको सब्जेक्टमा विण्डोज १० फ्री अपडेट लेखिएको छ । यसको कलर तथा फन्ट स्कीमपनि माइक्रोसफ्टको अफिशियल ईमेलजस्तै देखिन्छ ।

यो पनि हेर्नुहोस्-

माइक्रोसफ्ट विण्डोज १० सार्वजनिक, निशुल्क डाउनलोड गर्न सकिने

Sajilo Visa

प्रकाशित: १९ श्रावण २०७२, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार