Technology Khabar १९ श्रावण २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौं, १९ साउन । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको १९ औं वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष देवि प्रकाश भट्टचनले आ.व.२०७१/०७२ मा ७२ हजार २ सय १५ बीमालेखबाट ७३ करोड १४ लाख ७५ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको जानकारी दिए । हाल कम्पनीको चुक्ता पुँजी २९ करोड ९८ लाख ११ हजार १०० रुपैंया पुगेको जनाउँदै कम्पनीलाई मजबुत बनाउँदै लैजान नियामक निकायको निर्देशन बमोजिम चुक्ता पुँजी बृद्धि गर्दै लैजाने योजना रहेको बताए ।
कम्पनीका का.मु.प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले नियामक निकायको निर्देशनलाई सदैव पालना गर्दै प्रतिस्प्रधात्मक बजारमा प्रतिस्पर्धा गर्दै अघि बढ्दै गईरहेको बताए । गत बैशाख १२ तथा २९ गते गएको शक्तिशाली महाभुकम्पको कारण भएको धनजनको क्षति तथा सोको कारण कम्पनीमा परेको दाबीको मुल्याङ्कन गराई दाबी भुक्तानी कार्य भईरहेको जानकारी दिए ।
हाल यस कम्पनीको केन्द्रिय कार्यालय सहित शाखा तथा उपशाखा संख्या १९ रहेको छ ।
प्रकाशित: १९ श्रावण २०७२, मंगलवार