बजाजको तीन नयाँ पल्सर बजारमा

Technology Khabar १८ श्रावण २०७२, सोमबार

बजाजको तीन नयाँ पल्सर बजारमा
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १८ साउन । बजाजले नयाँ पल्सर आर एस २०० र ए एस २०० बजारमा ल्याएको घोषणा गरेको छ । डिएभि स्कुल ग्राउण्डमा आयोजित नेपथ्यको सांगितिक कार्यक्रममा हंससराज हुलासचन्द कम्पनी प्रा.लि.का कार्यकारी निर्देशक शेखर गोल्छाले नयाँ रेन्जका दूइ सुपर स्र्पोट बाइक आर एस २००, पल्सर एएस १५० र पल्सर एएस २००  बिकीको शुरुवातको द्योषणा गरे ।

पल्सर आरएस २०० सुपर बाइकको अद्भुत डिजाइन, फिट र फिनिसिङ्गले युवालाई आकर्षित गर्ने कम्पनीको भनाई छ ।

बजाजकै एनएस २०० लाई आधार मानेरै निर्माण गरिएको एएस २०० ले प्रेस्ड स्टिल पेरिमिटर फ्रेमको प्रयोग गर्दछ जसका कारण हाइ–स्टिफनेस र लो–फ्रलेक्स रेसियो प्राप्त गर्न मद्दत गर्ने कम्पनीले जानकारी दियो । । बाइक अघिल्तिरबाट एउटा टेलिस्कोपिक फ्रन्ट फोर्क र नाईट्रक्स मोनो सस्पेन्सन देख्न सकिन्छ ।

Sajilo Visa

प्रकाशित: १८ श्रावण २०७२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार