Technology Khabar १८ श्रावण २०७२, सोमबार
काठमाडौं ।
काठमाडौं, १८ साउन । क्राउन ल्यावोरोटोरी एण्ड रिफरल सेन्टर अर्थात के ल्याबको नामले परिचित प्रयोगशालाले ओम्निकेयर नेपाल प्रा. लि सँग को फ्रेन्चाईज अनुवन्धमा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र जस्तै वानेश्वर, चावहिल, र लगनखेलमा प्रयोगशाला विस्तार गरेको छ । के–ल्याव र ओम्निकेयर नेपालको संयुक्त प्रयासमा खुल्न लागेको यी प्रयोगशालाहरुले ग्राहकहरुलाई उच्चस्तरको स्वास्थ्य परिक्षण सेवाप्रदानगर्ने दाबी गरिएको छ ।
यस प्रकारको परिक्षण सेवा (ल्याब सेवा), नयाँवानेश्वर, लगनखेल र चाबहिलमा प्रारम्भ गरिएको छ । त्यसैगरी निकट भविष्यमा काठमाडौंका अन्य क्षेत्रका अतिरिक्त उपत्यका बाहिर पनि प्रयोगशालाको सेवा विस्तार गरिने योजना छ ।
के–ल्याबले स्थापनाकालदेखि हाल सम्म ४० हजार व्यक्तिका साढे दुई लाखभन्दा बढी ल्याब टेष्टहरु गरिसकेको जानकारी दिएको छ ।
प्रकाशित: १८ श्रावण २०७२, सोमबार