शिओमीको एमआई प्याड विण्डोज १० अपरेटिंग सिष्टमसहित आउने

Technology Khabar १७ श्रावण २०७२, आईतवार

शिओमीको एमआई प्याड विण्डोज १० अपरेटिंग सिष्टमसहित आउने
Global IME Bank

काठमाडौं ।

 काठमाडौं, १७ साउन । चीनियाँ स्मार्टफोन मेकर कम्पनी शिओमीले विण्डोज १० मा आधारित स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । कम्पनीले यहि चौमासिकमा विण्डोज १० मा आधारित स्मार्टफोन ल्याउन लागेको बताईएको छ । हाल शिओमीका स्मार्टफोन तथा ट्याबलेटहरु एन्ड्रोयडको अपरेटिंग सिष्टममा आधारित रहेका छन् ।

चीनियाँ एप्पल कम्पनी पनि भनेर चिनिने शिओमीले एमआई प्याड ट्याबलेटको सफलतालाई ध्यानमा राखेर नयाँ ट्याबलेट ल्याउन लागेको हो । यो ट्याबलेट कम्पनीले गत वर्षको मई महिनामा सार्वजनिक गरेको थियो ।

कम्पनीले आफ्ना केहि यूजर्सलाई विण्डोज १० मा आधारित टेस्ट भर्सन स्मार्टफोन प्रयोगका लागि दिएको छ ।

यो ट्याबलेटमा विण्डोज १० अपरेटिंग सिष्टमको स्ट्याण्डर्ड भर्सनमा काम गर्दछ वा मोबाइल भर्सनमा भन्ने कुनै जानकारी छैन् । माइक्रोसफ्टले नयाँ ओएसको स्ट्याण्डर्ड एडिशन ८ इन्च वा सो भन्दा माथिका डिस्प्ले भएका ट्याबलेटहरुमा मात्र सिफारिस गरेको छ । माइक्रोसफ्टले केहि दिन पहिले मात्रै विण्डोज १० भर्सन विश्वभर सार्वजनिक गरेको थियो ।

माइक्रोसफ्टका कर्पोरेट भ्वाइस प्रेसिडेन्ट जो वेलफियरले ट्वीटरमा एक तस्विर पोस्ट गरेका छन् जसमा शिओमीको एमआई फोर स्मार्टफोन विण्डोज १० ओएसमा चरिरहेको छ ।

यो डिभाइस यहि अगस्ट १६ तारिखमा सार्वजनिक हुने संभावना रहेकोछ, जतिखेर चीनियाँ कम्पनीले एमआईयूआई यूजर इन्टरफेसको नयाँ संस्करण सार्वजनिक गर्नेछ । यो विषयमा कम्पनीले अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन् ।

शिओमीको एमआई प्याडमा ७.९ इन्चको २०४८ह्१५३६ पिक्सेलको आईपीएस रेटीना डिस्प्ले रहेको छ । जसलाई गोरिल्ला ग्लास थ्रीद्धारा सुरक्षित गरिएको छ ।

यो ट्याबलेटमा २.२ गीगाहर्जको फोर प्लस वान कोर एनभिडिया टेग्रा के १ कोर्टेक्स ए १५ प्रोसेसर राखिएको छ । यसमा २ जीबीको र्याम रहेको छ।

यो ट्याबमा ८ मेगापिक्सेलको रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । यसको रियर क्यामराद्धारा फुल एचडी भिडियो पनि खिच्न सकिन्छ । शिओमीको एमआई प्याडमा ६७०० एमएएचको लीअन ब्याट्री राखिएको छ ।

Sajilo Visa

प्रकाशित: १७ श्रावण २०७२, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार