सामसुंगको ग्यालेक्सी एस सिक्स एज प्लस आउँदै, मूल्य ८०० यूरो

Technology Khabar १५ श्रावण २०७२, शुक्रबार

सामसुंगको ग्यालेक्सी एस सिक्स एज प्लस आउँदै, मूल्य ८०० यूरो

काठमाडौं ।

काठमाडौं, १५ साउन ।पछिल्लो समय चर्चाको शिखरमा रहेको सामसुंगको ग्यालेक्सी एस सिक्स एज प्लस (Galaxy S6 Edge+) स्मार्टफोनको बारेमा विभिन्न समाचारहरु आई नै रहेका छन् । यसै सन्दर्भमा ग्यालेक्सी एस सिक्स एजको मूल्यको बारेमा पनि समाचार सार्वजनिक भएको छ ।

टेक साइट साम मोबाइलका अनुसार सामसुंग ग्यालेक्सी एस सिक्स एज प्लसको मूल्य ७९९.९९ यूरो अर्थात ८७६ अमेरिकी डलर (करिब ८९ हजार ३५० रुपैंया) बाट शुरु हुने कम्पनी स्रोतलाई उद्धत गर्दै जानकारी दिएको छ ।AH-Samsung-Galaxy-S6-Edge

सामसुंगले यसअघि नै न्यूयोर्क शहरमा अगस्त १३ तारिखमा ग्यालेक्सी नोट ५  सार्वजनिक गर्ने कार्यक्रम राखिसकेको छ । सोहि कार्यक्रममा सामसुंगले नयाँ नोटका साथमा ग्यालेक्सी एस सिक्स एजको नयाँ संस्करण जसलाई ग्यालेक्सी एस सिक्स एज प्लस भनिएको छ, सार्वजनिक गर्ने बताईएको छ ।galaxy-s6-edge

यो स्मार्टफोनको फीचरहरु करिब करिब सिक्स एजको जस्तै भएपनि यसको डिस्प्ले भने केहि ठूलो रहेको छ साथै यसको मूल्य पनि एस सिक्स एजको भन्दा अधिक हुनेछ ।
सामसुंगले यसभन्दा अघि नै बजारमा आएका पछिल्ला आफ्ना फ्ल्यागशिप फोनहरु एस सिक्स र एस सिक्स एजको मूल्यमा कटौती गर्ने बताईसकेको छ । मूल्य कटौती गर्नुको कारणमा कम्पनीको घाटा तथा यी स्मार्टफोनहरुको बिक्री बढाउनु रहेको बताएको छ ।

यसै अन्तरगत कम्पनीले ग्यालेक्सी एस सिक्स एजको मूल्य करिब १ सय यूरो घटाउन सक्ने अनुमान गरिएको छ । हाल यो स्मार्टफोनको अन्तराष्ट्रिय बजार मूल्य ८४९.९९ यूरो रहेको छ ।

सामसुंगको नयाँ स्मार्टफोन ग्यालेक्सी एस सिक्स एज प्लस भने अगस्त २१ तारिखदेखि बिक्रीका लागि उपलब्ध हुनेछ ।

Global Bank
easy care

प्रकाशित: १५ श्रावण २०७२, शुक्रबार

ताजा समाचार