डेलको नयाँ ट्याबलेट भारतीय बजारमा

Technology Khabar १५ श्रावण २०७२, शुक्रबार

डेलको नयाँ ट्याबलेट भारतीय बजारमा

काठमाडौं, १५ साउन । डेल कम्पनीले भारतीय बजारमा नयाँ ट्याबलेट सार्वजनिक गरेको छ । कम्पनीले थ्रीजी तथा भ्वाइस कलिंग फीचर्स भएको डेल भेन्यू ७ ३७४१ (Dell Venue 7 3741) ट्याबलेट सार्वजनिक गरेको हो । यो ट्याब इन्टेलको एटोम प्रोसेसरमा संचालन हुन्छ ।

डेल भेन्यू ७ ३७४१ मा ७ इन्चको डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन १०२४X६०० पिक्सेल रहेको छ । यसमा इन्टेलको १.८ गीगाहर्जको क्वाड कोर एटम प्रोसेसर राखिएको छ ।

यो ट्याबलेटमा १ जीबी डिडिआरथ्री एल र्याम रहेको छ भने यसमा ८ जीबीको इन्टरनल मेमोरी राखिएको छ, जसलाई माइक्रो एसडीद्धारा ६४ जीबीसम्म बढाउन सकिन्छ ।
डेलको यो ट्याबलेट एन्ड्रोयडको किटक्याट ४.४ अपरेटिंग सिष्टममा आधारित रहेको छ । Dell 2

यो ट्याबलमा २ मेगापिक्सेलको रियर क्यामरा तथा ०.३ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

कनेक्टिभिटीका लागि यसमा थ्रीजी, वाईफाई ब्लूटूथ ४.०, माइक्रो यूएसबी २.० रहेको छ भने अडियो ज्याक पनि उपलब्ध छ । यो ट्याबलेटमा ४,१०० एमएएचको ब्याट्री राखिएको छ ।

प्रकाशित: १५ श्रावण २०७२, शुक्रबार

Comments are closed.

Loading...