करिब २ मिटरबाट झर्दा पनि नफुट्ने स्मार्टफोन ‘क्याट एस ४०’

Technology Khabar १४ श्रावण २०७२, बिहीबार

करिब २ मिटरबाट झर्दा पनि नफुट्ने स्मार्टफोन ‘क्याट एस ४०’

काठमाडौं ।

काठमाडौं, १४ साउन । रग्ड फोन स्पेपलिष्ट कम्पनी क्याटले नयाँ स्मार्टफोन क्याट एस ४० को घोषणा गरेको छ । यो स्मार्टफोन निकै कठिन स्थानमा काम गर्नेहरुलाई लक्षित गरेर ल्याईएको हो ।

यो स्मार्टफोन अहिलेसम्मको सबैभन्दा ससक्त र कडा किसिमको स्मार्टफोन भएको कम्पनीको भनाई छ ।

यसअघि पनि बजारमा यस्ता जुनसुकै स्थानमा पनि प्रयोग गर्ने किसिमका नटुट्ने र नफुट्ने स्मार्टफोन आईसकेका छन् । उदाहरणका लागि सोनीको एक्सपेरिया जेड मोडलका फोनहरु आईपी ६८ सर्टिफिकेट (IP 68)पाएका फोनहरु हुन, जुन हत्पत्ति टुटफुट हुँदैनन् । तर यी स्मार्टफोनहरु १.८ मिटरको उचाईबाट कंक्रिट भूईँमा खसाल्दा के फोनको अवस्था के हुन्छ भनेर भन्न सकिँदैन् । तर क्याटको नयाँ स्मार्टफोन क्याट एस ४० ले भने १.८ मिटरको उचाईबाट झरेपनि केहि नहुने दाबी गरेको छ ।s40-2

यो स्मार्टफोनले अमेरिकी मिलिटरीको गुणस्तर एमआईएल एसटिडी ८१०जी (MIL-STD 810G) प्रमाणपत्र पाएको छ, जसले संभावित कठिनाईहरु, निकै कडा स्थान, मसिनो धुलाको कणहरु तथा पानीबाट पनि सुरक्षित हुने प्रमाणित गर्दछ ।

यो स्मार्टफोनमा ४.७ इन्चको क्यूएचडी डिस्प्ले राखिएकोछ, जसको पिक्चर रिजोल्यूशन ५४०X९६० रहेको छ । कम्पनीले यो फोनलाई सूपर ब्राईट डिस्प्ले भएको फोन भनेर बताएको छ । यसको स्क्रीनलाई अन्य बजारमा सार्वजनिक भएका स्मार्टफोन जस्तै गोरिल्ला ग्लास फोरले सुरक्षित गरिएको छ ।

यो स्मार्टफोनले यसमा भएको अन्य विशेषताहरुभन्दा पनि यसको सुरक्षा र दिगोपनालाई प्राथमिकता दिएको छ । त्यसैले यो स्मार्टफोनमा अन्य शुरुवाती फोनहरुको जस्तै स्न्यापड्रयागन २१० चीपसेट प्रयोग गरिएको छ । यसमा १.१ गीगाहर्जको क्वाड कोर कोर्टेक्स ए७ प्रोसेसर तथा एड्रेनो ३०४ जीपीयू रहेको छ ।Cat s40-3

क्याट एस ४० स्मार्टफोनमा १ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई माइक्रो एसडीद्धारा बढाउन सकिन्छ । यो स्मार्टफोनले एलटीई पनि सपोर्ट गर्दछ भने यसमा १५० एमबीपीएसको गतिमा डाउनलोड गर्न सकिन्छ ।

यो स्मार्टफोन १२.५ मिलिमीटर मोटाईको छ भने औसत स्मार्टफोनहरुभन्दा केहि लामो ४.७ इन्चको छ । त्यस्तै १८५ ग्राम तौल रहेको छ, जुन सामान्य स्मार्टफोनहरु भन्दा केहि भारी हो । क्याट एस ४० स्मार्टफोनमा ३,००० एमएएचको झिक्न नमिल्ने ब्याट्री राखिएको छ ।CAT-S40-5

क्याट एस ४० स्मार्टफोनमा  एलईडी फ्ल्याशसहित ८ मेगापिक्सेलको अटोफोकश रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यसमा ब्लूटूथ ४.१ भर्सन, वाईफाई जीपीएसलगायतक विशेषता रहेका छन् ।

यो स्मार्टफोनको बजार मूल्य भने निकै महंगो छ । टफ स्मार्टफोनहरु पक्कै पनि सस्तो हुँदैनन् । त्यसैले यो स्मार्टफोनको मूल्य ४ सय ३९ यूराे पर्दछ भन्दा आश्चार्य नपरे हुन्छ । यो भन्दा कम मूल्यमा बजारमा कयौं स्मार्टफोन खरिद गर्न सकिन्छ तर ती फोनहरु कतिखेर झरेर टुटफुट हुन्छ भन्न सकिँदैन् । क्याट एस ४० स्मार्टफोन बजारमा भने अगस्त १ तारिखदेखि उपलब्ध हुने बताईएको छ । एजेन्सीको सहयोगमा

Sajilo Visa

प्रकाशित: १४ श्रावण २०७२, बिहीबार

तपाइको प्रतिक्रिया