अक्टा कोर प्रोसेसर भएको बजेट फोन, माइक्रोम्याक्स क्यानभास एक्सप्रेस २

Technology Khabar १२ श्रावण २०७२, मंगलवार

अक्टा कोर प्रोसेसर भएको बजेट फोन, माइक्रोम्याक्स क्यानभास एक्सप्रेस २

काठमाडौं ।

काठमाडौं, १२ साउन । माइक्रोम्याकक्सले आज अक्टा कोर प्रोसेसर यूक्त बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा क्यानभास एक्सप्रेस २ (Canvas Xpress 2) स्मार्टफोन सार्वजनिक गरेको हो । यो स्मार्टफोनको विशेषता भनेको यसको निकै कम मूल्य हो ।

यो फोनको मूल्य भारतीय बजारमा ५,९९९ रुपैंया रहेको छ । क्यानभास एक्सप्रेस २ अक्टा कोर प्रोसेसर रहेको अहिलेसम्मको सबैभन्दा सस्तो फोन भएको छ ।Canvas Xpress 2

माइक्रोम्याक्स क्यानभास एक्सप्रेस २ मा फ्लिपकार्टमा फ्ल्याशसेल मोडलको माध्यमबाट मात्र बिक्री गरिनेछ । यसको पहिलो बिक्री अगस्त ४ तारिखमा २ बजे शुरु हुने अनुमान गरिएको छ । यसको लागि आजबाट नै रजिस्ट्रेशन शुरु भएकोछ ।

यो स्मार्टफोनमा  ५ इन्चको एचडी डिस्प्ले रहेको छ, जसको पिक्चर रिजोल्यूशन ७२०X१२८० पिक्सेल रहेको छ । यसको स्क्रीनलाई कोर्निग गोरिल्ला ग्लास थ्रीद्धारा सुरक्षित गरिएको छ । यसमा १.४ गीगाहर्जको अक्टा कोर मिडियाटेक एमटी ६५९२ ए प्रोसेसर राखिएको छ ।Micromax-xpress-2-2

माइक्रोम्याक्सको नयाँ फोनमा १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो फोनमा दुईवटा एलईडी फ्ल्याशका साथमा १३ मेगापिक्सेलको अटोफोकश रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ भने २,५०० एमएएचको ब्याट्री रहेको छ ।

यो स्मार्टफोन एन्ड्रोयडको किटक्याट ४.४.२ मा आधारित छ, जसलाई ललीपप ५.० मा अपग्रेड गर्न सकिनेछ ।

easy care

प्रकाशित: १२ श्रावण २०७२, मंगलवार