Technology Khabar १२ श्रावण २०७२, मंगलवार
काठमाडौं ।
काठमाडौँ, १२ साउन । हिम इलेक्ट्रोनिक्स् प्रा.लि.ले कुपण्डोल हाईटमा आफ्नो १२औं सोरुम संचालनमा ल्याएको छ । सामसङ्गका उत्पादन प्रति ग्राहकको बढ्दो माग र द स्टेट अफ आर्ट सेल्स काउन्टरले हिम इलेक्ट्रोनिक्स्को हालको नेटवर्कलाई विस्तार गरेको छ ।
यो सामसङ प्लाजा खुलेसंगै नेपालभरमा सामसङ प्लाजको संख्या १२ वटा पुगेको छ ।
सामसङ्गका उत्पादन प्रति ग्राहकको बढ्दो मागपूर्तीको लागि हिम इलेक्ट्रोनिक्सले काठमाडौँ उपत्यका बाहिर पनि सामसङ प्लाजा विस्तारको लागि योजना बनाइरहेको जानकारी दिएको छ ।
सामसङको काठमाडौँ उपत्यका बाहिर नारायणघाट, पोखरा र धनगढीमा गरि ३ वटा सामसङ प्लाजाहरु संचालनमा छन् । २०१५ को अन्त्यसम्म थप ५ वटा सामसङ प्लाजा विस्तार गर्ने योजना रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: १२ श्रावण २०७२, मंगलवार