एन्ड्रोयड वानमा आधारित लाभा पिक्सेल भी वान, ३२ जीबी इन्टरनल मेमोरी

Technology Khabar ११ श्रावण २०७२, सोमबार

एन्ड्रोयड वानमा आधारित लाभा पिक्सेल भी वान, ३२ जीबी इन्टरनल मेमोरी

काठमाडौं ।

काठमाडौं, ११ साउन । भारतीय स्मार्टफोन मेकर कम्पनी लाभाले दोस्रो पुस्ताको गूगल एन्ड्रोयड वान स्मार्टफोन सार्वजनिक गरेको छ । लाभाले सोमबार भारतको दिल्लीमा भएको एक कार्यक्रममा नयाँ स्मार्टफोन पिक्सेल सिरिजअन्तरगत सार्वजनिक गरेको हो ।

लाभा पिक्सेल भी वान (LAVA Pixel V1) नामक नयाँ स्मार्टफोन लाभाले पहिलो पटक एन्ड्रोयड वानमा आधारित भएर निर्माण गरेको स्मार्टफोन हो । यो इभेन्टमा गूगलका कार्यकारी माइक हाएस पनि उपस्थित थिए ।

एन्ड्रोयड वानमा आधारित लाभाको यो स्मार्टफोन भारतीय बजारमा आजैदेखि फ्लिपकार्टमा खरिदका लागि उपलब्ध गराईएको छ । यो स्मार्टफोन ह्वाइट सिल्भर तथा गोल्ड कलरमा उपलब्ध छ जसको मूल्य ११७ अमेरिकी डलर अर्थात भारु ११,३५०/- तोकिएको छ ।lava-android-one_2

लाभाको पिक्सेल भी वान स्मार्टफोनमा ५.५ इन्चको एचडी आईएसपीस्क्रीन रहेको छ जसको पिक्सेल रिजोल्यूशन ७२० पिक्सेल छ । यसमा आसाहीको ड्रयागन ट्रेल ग्लासद्धारा सुरक्षित छ भने पिक्सेल डेन्सीटि २६७ पिक्सेल पर इमेज रहेको छ ।

यो सेटमा मिडियाटेकको १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ । यसमा २ जीबी र्याम तथा ३२ जीबीको इन्टरनल मेमोरी रहेको छ, जसलाई थप ३२ जीबी बढाउन सकिन्छ ।

लाभाको नयाँ फोनमा बीएसआई सेन्सरका साथमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा एलईडी फ्ल्याश रहेको छ । यसमा ५ मेगापिक्सेलको फ्रन्ट फेशिंग क्यामरा छ जसमा फोर ईलिमेन्ट लेन्स छ जसले गर्दा ८ मेगापिक्सेल रिजोल्यूशन गुणस्तरको फोटो खिच्दछ ।lava-pixel-v1-3

एन्ड्रोयडको ललीपप ५.१.१ मा आधारित रहेको छ भने एन्ड्रोयड वानमा आधारित यो स्मार्टफोनले एन्ड्रोयडको आगामी मूख्य अपडेटमा प्राथमिकता पाउनेछ ।

यो स्मार्टफोनमा कनेक्टिभीटिका लागि वाईफाई रहेको छ । दुई सिम प्रयोग गर्न सकिने लाभा पिक्सेल भी वानमा थ्रीजी सपोर्ट गर्दछ ।

यो स्मार्टफोनमा २,६५० एमएएचको ब्याट्री रहेको छ, जुन एन्ड्रोयड वानको पहिलो संस्करणको तुलनामा ९० मिनेट बढि प्रयोग गर्न सकिने कम्पनीको भनाई छ ।lava-pixel-v1-5

यसअघि कम्पनीले ३ वटा भारतीय ब्राण्डको सहकार्यमा एन्ड्रोयड वानको पहिलो पुस्ताको स्मार्टफोन सार्वजनिक गरेको थियो । गूगलले यसअघि कार्बन, माइक्रोसफ्ट र स्पाइस मोबाइलसँग मिलेर एन्ड्रोयड वान सार्वजनिक गरेको थियो ।

भारतीय बजार  तथा अन्य बढिरहेका बजारलाई ध्यानमा राखेर गूगलले एन्ड्रोयड वानमा आधारित स्मार्टफोन ल्याएको थियो । गूगलको एन्ड्रोयड वानमा आधारित फोन गूगलको स्ट्याण्डर्डमा आधारित भएर कम मूल्यमा उपलब्ध फोन हो ।

यसअघि आएका यी फोनहरु भारतीय बजारमा असफल भएको विश्लेषकहरुले बताएका थिए ।

नेपालमा पनि एन्ड्रोयड वानमा आधारित स्मार्टफोनहरु कार्बनको स्पार्कल भी, तथा स्पाइसको ड्रिम यूएनओ फोन बजारमा उपलब्ध छन् ।

Sajilo Visa

प्रकाशित: ११ श्रावण २०७२, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार