फोरजी प्रविधिको प्रकृया अघि बढाउने: दूरसंचार प्राधिकरण

Technology Khabar ११ श्रावण २०७२, सोमबार

फोरजी प्रविधिको प्रकृया अघि बढाउने: दूरसंचार प्राधिकरण

काठमाडौं ।

काठमाडौं, ११ साउन । नेपालमा फोरजी फ्रिक्वेन्सी अधिकतम दूरसंचार कम्पनीहरुले प्रयोग गर्नसक्ने वातावरण बनाउनुपर्ने सरोकारबालाहरुले बताएका छन् । नेपाल दूरसंचार प्राधिकरणले सोमबार काठमाडौंमा आयोजना गरेको फोरजी स्पेक्ट्रम एलोकेशन विषयक अन्तरक्रिया कार्यक्रममा दूरसंचार क्षेत्रका व्यक्तिहरुले चौथो पुस्ताको फ्रिक्वेन्सी प्रयोगका लागि सबै कम्पनीहरुलाई समेट्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी अध्यक्ष दिगम्बर झाले फोरजी फ्रिक्वेन्सी प्रयोगको प्रकृया अगाडि बढाएको जानकारी दिँदै अब यो प्रकृया नरोकिने बताए । उनले भने, ‘सरकारी रेडियो फ्रिक्वेन्सी प्रयोग नीतिअनुसार नै फोरजी प्रविधिको उपयोग गर्न खोजिएको हो ।’

अध्यक्ष झाले ग्रामिण क्षेत्रमा अझै पनि ब्रोडब्याण्डको पहुँच कम भएको र यसलाई अझ सहज बनाउन आवश्यक रहेको बताए । नेपालमा फोरजी अब उपयुक्त प्रविधि भएको उनको तर्क थियो ।

त्यस्तै प्राधिकरणका पूर्व अध्यक्ष भेषराज पौडेलले फोरजीमा जानुभन्दा पहिला टूजी प्रविधि कहिलेसम्म प्रयोग गर्ने स्पष्ट हुनुपर्ने विचार व्यक्त गरे । उनले अब टूजी पूरानो प्रविधि भएको भन्दै यसलाई अत्याधुनिक प्रविधिमा रुपान्तरण गर्ने योजना ल्याउन प्राधिकरणसँग आग्रह गरे ।

पौडेलले सबै जनतासम्म सूलभरुपमा फोरजी प्रविधि पुर्याउनुपर्ने भन्दै महंगो किसिमले फ्रिक्वेन्सी प्रयोग गर्न नहुने बताए । ‘७०० मेगाहर्जको फ्रिक्वेन्सी प्रयोगमा हात नहाल्नु ठिक हुन्छ,’ उनले भने ।

त्यस्तै स्मार्ट टेलिकमका भूषण गौतमले १५ मेगाहर्ज अधिकतम प्रयोगको सिमा तोक्दा ठिक हुने भन्दै नेपालमा नीतिगत अस्पष्टता भएको औंल्याए । अधिकांश वक्ताहरुले फोरजीका लागि ७०० मेगाहर्जको ब्याण्डविथ प्रयोग उपयुक्त हुने सुझाव पनि दिएका थिए ।

अन्तराष्ट्रिय विज्ञको रुपमा कार्यपत्र प्रस्तुत गर्दै हुवावे टेक्नोलोजीज नेपाल कम्पनीका ग्यारी यूले फोरजीलाई कृषिको रुपान्तरण, अटोमोबाईल तथा सर्वसाधारणको पहुँचमा पुग्ने गरि फोरजी प्रविधि प्रयोग गरिनुपर्ने बताए ।

कार्यक्रममा प्राधिकरणका डिपुटी डाइरेक्टर विजय कुमार रायले नेपालमा हालको फ्रिक्वेन्सी प्रयोग र अवस्थाको बारेमा जानकारी दिएका थिए ।

Global Bank
easy care

प्रकाशित: ११ श्रावण २०७२, सोमबार

ताजा समाचार