नवलपरासीमा परियोजना सञ्चालन गर्न कोइकाले ८० करोड दिने

Technology Khabar १० श्रावण २०७२, आईतवार

नवलपरासीमा परियोजना सञ्चालन गर्न कोइकाले ८० करोड दिने
Classic Tech

काठमाडौं, १० साउन । दक्षिण कोरियाली अन्तर्राष्ट्रिय सहयोग संस्था (कोइका)को सहयोगमा ‘नवलपरासीमा समावेशी ग्रामीण विकास’ परियोजना सञ्चालन गर्न कोइका र नेपाल सरकारबीच समझदारी भएको छ ।

सो सम्वन्धी सम्झौतामा अर्थसचिव सुमन शर्मा र नेपालका लागि दक्षिण कोरियाका राजदूत चो योङ–जिनले शुक्रबार हस्ताक्षर गरेका छन् । यस परियोजनामा कोइकाले पाँच वर्षमा नवलपरासीका पाँच गाउँ विकास समितिमा ८० करोड रुपियाँ (आठ मिलियन अमेरिकी डलर) खर्च गर्नेछ ।

नवलपरासीको बुझहवा, गुथि प्रसाउनी, कुडिया, सनाई, तमसरिया र सुनवल नगरपालिकामा सञ्चालन हुने यस समावेशी ग्रामीण विकास परियोजनामा कृषि तथा दुर्गम विकासमार्फत मानिसको जीवतस्तर सुधार गर्ने सरकारी लक्ष्यलाई सहयोग गर्ने कोइकाको उद्देश्य रहेको छ ।

परियोजनाले दिगो कृषि विकास र सामाजिक पूर्वाधारको विकासमार्फत जीवनस्तरमा गुणस्तरीय सुधार ल्याउने लक्ष्य लिएको छ । त्यसैगरी, परियोजनाले समुदाय रस्थानीय सरकारको क्षमता अभिवृद्धि तथा स्वास्थ्य सेवामा जनताको पहुँच बढाउने यसको लक्ष्य छ ।

सरकारी याजना र कोरियाली विकास मोडलमा स्थानीयलाई सहभागी गराई परियोजनाको कार्यान्वयन गरिने छ । यसको कार्यान्वयनका लागि कोइकाले प्राविधिक र परामर्शका साथै आवश्यक उपकरण र औजारहरुसमेत प्रदान गर्नेछ ।

प्रकाशित: १० श्रावण २०७२, आईतवार

Comments are closed.

Loading...