Technology Khabar १० श्रावण २०७२, आईतवार
काठमाडौं ।
काठमाडौं, १० साउन । सामसुंगको बहुप्रतिक्षित ग्यालेक्सी नोट ५ को विभिन्न चर्चा संचारमाध्यममा आईनै रहेका छन् । हालै नोट फाईभमा अटो इजेक्टिंग एस पेन नहुने दक्षिण कोरियाली संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यसै सन्दर्भमा सामसुंगको आउन लागेको नयाँ फ्याबलेट ग्यालेक्सी नोट ५ को विभिन्न जानकारीहरु लीक भएका छन् ।
सामसुंगको नोट ५ मा ४ जीबीको र्याम रहेको निश्चित भएको छ । भेरिजोनको ग्यालेक्सी नोट ५ को संस्करणको सूचना गीकबेन्चमा देखिएको छ जसमा सामसुंगको पाँचौं पुस्ताको ग्यालेक्सी नोटको र्याम ४ जीबी भएको निश्चित भएको हो ।
गीकबेन्चमा उल्लेख भएअनुसार यो फोनमा अक्टा कोर ६४ बिटको साइनोज ७४२० प्रोसेसर राखिएको छ । यो नोट ५ मा रहेको प्रोसेसर सामसुंगको ग्यालेक्सी एस ६ मा भएको स्तरकै रहेको छ ।
यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१.१ मा आधारित रहेको छ ।
ग्यालेक्सी नोट ५ सार्वजनिक हुने समय नजिकिँदै गर्दा यो फ्याबलेट सामसुंग र त्यसका सहकर्मीहरुले परिक्षण गर्न बेन्चमार्कहरुमा अझ बढि देखिनेछ ।
यो फ्याबलेट ग्यालेक्सी एस ६ को जस्तै डिजाइनमा रहने बताईएको छ । त्यसैगरी यसको दुबै भाग मोडिएको हुनेछ ।
यो फ्याबलेटमा ५.७ इन्चको डिस्प्ले हुने तथा यो ७.९ मिलिमीटर पातलो हुने अनुमान गरिएको छ ।
ग्यालेक्सी नोटमा ४,१०० एमएएचको ब्याट्री हुनसक्नेछ । यसका साथै यो फ्याबलेटमा यूएसबी ३.१ तथा टाईप सी पोर्ट पनि हुनेछ ।
प्रकाशित: १० श्रावण २०७२, आईतवार