फिएटका गाडि ह्याकरको नियन्त्रणमा, कम्पनीले १४ लाख बढि गाडि फिर्ता लिँदै

Technology Khabar ९ श्रावण २०७२, शनिबार

फिएटका गाडि ह्याकरको नियन्त्रणमा, कम्पनीले १४ लाख बढि गाडि फिर्ता लिँदै
तस्विरः गूगल

काठमाडौं ।

काठमाडौं, ९ साउन । तपाईँले ह्याकरहरुले कम्प्यूटर वा सूचना प्रविधिसँग सम्बन्धित सामाग्री ह्याक गरेको त सुनेकै हुनुपर्दछ । तर ह्याकरहरुले कार नै ह्याक गरेर आफ्नो नियन्त्रणमा लिए भन्दा आश्चार्य मान्नुहुन्छ होला ?

हो, यस्तै भएको छ । अमेरिकामा ह्याकरहरुले एक कम्पनीका लाखौं कारहरु ह्याक गरेर नियन्त्रणमा लिन सफल भएका छन् । जसले गर्दा कम्पनीले लाखौं कारहरु बजारबाट फिर्ता लिन लागेको छ ।

कम्प्यूटर सिष्टममा सुरक्षा कमजोरी अगाडि आएपछि अमेरिकामा कार निर्माता कम्पनी फिएट क्राइजलरले आफ्ना १४ लाख भन्दा बढि कारहरु बजारबाट फिर्ता लिन लागेको छ । ह्याकरहरुले फिएट क्राइजलरका कारहरुमा इन्जिनको रिमोट कन्ट्रोल, स्टेयरिंग तथा अन्य प्रणालीहरुमा नियन्त्रण गर्न सकिने हुँदा फिर्ता लिन लागेको बताईएको छ ।

सूरक्षा विशेषज्ञहरुले ती कारहरुमा राखिएको कम्प्यूटर सिष्टमलाई ह्याक गर्न सकिने प्रमाणित गरिदिएका थिए । उनिहरुले कम्पनीको ‘जीप चेरोकी’को इन्जिनलाई बन्द गरिदिनेलगायतका कामहरु हुनसक्ने प्रमाणित गरेका थिए ।

प्रविधिसम्बन्धि म्यागजिन वायर्डमा प्रकाशित एक रिपोर्टकाअनुसार ह्याकरहरुले कारको म्यूजिक सिष्टममा जोडिएको इन्टरनेट कनेक्शनलाई ह्याक गरेर शेरोकी जीपलाई नियन्त्रणमा लिएका थिए ।

fiat_chrysler_recall
तस्विरः गूगल

क्राइजलरले ह्याकरबाट प्रभावित सफ्टवेयरलाई अपडेट गर्नका लागि बजारबाट कारहरु फिर्ता लिईँदै गरेको बताएको छ । कम्पनीले ह्याकिंग कार्यलाई अपराधिक कार्य बताएको छ ।

सुरक्षा अनुसन्धानकर्ता चार्ली मिलर तथा क्रिस वालासेकले कारमा जडान गरिएको म्यूजिक सिष्टमको इन्टरनेट कनेक्शनको माध्यमबाट जीप शेरोकीमा नियन्त्रण गर्न सकिने पत्ता लगाएका थिए । यी दुई अनुसन्धानकर्ताहरुले कारहरुमा राखिएको सुरक्षा प्रणालीको जाँचमा कयौं वर्ष बिताएका छन् ।

कम्पनीले आफ्ना कारहरु फिर्ता लिने घोषणा गरेपछि मिलरले ट्वीट गर्दै, म सोचिरहेको छु कि कुन सस्तो हुन्छ, सुरक्षित सिष्टम बनाउनु वा कारहरु फिर्ता लिनु ।

उता फिएट क्राइजलरले यो सफ्टवेयरको कमजोरीका कारण कुनै नोक्सानीको बारेमा केहि पनि जानकारी नआएको बताएको छ ।

कम्पनीका प्रवक्ताले यो विषयमा केवल अमेरिकामा बेचिएका कारहरु मात्र प्रभावित भएको बताए । कम्पनीले बेलायतमा बिक्री गरिएका कारहरु यसबाट कुनै प्रभावित नभएको बताएको छ । एजेन्सीको सहयोगमा ।

easy care

प्रकाशित: ९ श्रावण २०७२, शनिबार

ताजा समाचार