Technology Khabar ८ श्रावण २०७२, शुक्रबार
काठमाडौं ।
काठमाडौं, ८ साउन । तपाईँले सुनबाट बनेको गरगहनाहरु, कपडा, सिँहासन, घडिलगायतका विषयहरुमा देखेको वा सुनेको हुनुहुन्छ तर सुनबाट नै सरसफाई गर्ने मेसिन बनाईएको भन्दा आश्चार्य हुन सक्दछ । हो यो साँचो हो की एक अनलाईन सपिंग साइटमा सुनबाट निर्मित भ्याकुम क्लिनर बिक्रीका लागि राखिएको छ ।
यो भ्याकूम क्लिनर २४ क्यारेट सुनबाट बनाईएको छ । कम्पनीका अनुसार यो भ्याकूम क्लिनरद्धारा रेड कार्पेट, योर्ट डेक, लीमोजिन गाडिलगायतका भव्य र महंगा स्थानको सफाईका लागि प्रयोग गर्न सकिन्छ । यो सुनबाट निर्मित भ्याकूम क्लिनरको तौल साढे सात किलो रहेको छ । तर यो बनाउन कति किलो सुन लाग्यो भन्ने केहि उल्लेख छैन् ।
यो विशेष भ्याकूम क्लिनरको मूल्य पनि निकै महंगो रहेको छ । यसको मूल्यको आधारमा हेर्दा यो भ्याकूम क्लिनर अरबपति वा खरबपतिहरुले मात्र प्रयोग गर्न सक्नेछन् । कम्पनीले यो सुनबाट निर्मित भ्याकूम क्लिनरको मूल्य आठ लाख पाउण्ड अर्थात करिब १३ करोड रुपैंया तोकिएको छ । यो भ्याकूम क्लिनर फायरबक्स डटकममा बिक्रीका लागि राखिएको हो ।
कम्पनीले यो भ्याकूम क्लिनरलाई विश्वको सबैभन्दा महंगो मेशिनरी सामाग्रीको रुपमा दाबी गरेको छ । अनलाइनमा सुनबाट निर्मित एक सय वटा यस्ता भ्याकूम क्लिनरहरु बिक्रीका लागि राखिएको छ ।
यो भ्याकूम क्लिनरमा नचिप्लने किसिमको गुडाउनका लागि चक्का राखिएको छ भने १० एएमपीको मोटर रहेको छ । कम्पनीले यो उत्पादनमा लाइफटाइम ग्यारेन्टी पनि दिएको छ । यो वेबसाइटले २ लाख ५० हजार पाउण्डको एक गोल्ड रेसिंग बाइक पनि अनलाइन सेलमा राखेको छ ।
प्रकाशित: ८ श्रावण २०७२, शुक्रबार