मेगा बैंक छैटौँ बर्षमा

Technology Khabar ८ श्रावण २०७२, शुक्रबार

मेगा बैंक छैटौँ बर्षमा
Global IME Bank

काठमाडौं ।

काठमाडौं, ८ साउन । मेगा बैंक नेपाल लिमिटेडले बिहीबारबाट छैटौ बर्षमा प्रवेश गरेको छ । काठमाडौंको कान्तिपथमा बिहीबार आयोजित पाँचौ बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष प्रा. डा. मदन कुमार दाहालले मेगा बैंकको अबको लक्ष्य तथा चुनौति सुदृढीकरण र विस्तार रहेको बताए ।

‘हामीले यो पाँच बर्षलाई स्थापनाकालको रुपमा लिएका थियौँ, पहिलो पाँच बर्षमा हामीलाई सन्तोषजनक नतिजा प्राप्त भएको छ । छोटो समयमा नै खरो प्रतिस्पर्धामा उत्रिएर मेगा बैंकलाई प्रतिष्ठित वाणिज्य बैंकको रुपमा स्थापना गर्न सफल भएका छौँ । संचालक समितिको उच्च सुझवुझ र उत्कृष्ट व्यवस्थापनका कारण यो सफलता सम्भव भएको हो ।,’ प्रा. डा. दाहालले भने, ‘अब आजबाट सुदृढीकरण र विस्तारको चरणमा प्रवेश गरेका छौँ । मुलुक बाहिर संयुक्त लगानीमा कारोबारको प्रारम्भ, क्षेत्रीयस्तरमा कार्यालय विस्तार तथा ग्रामीण क्षेत्रमा बैंकिङ पहुँचलाई विस्तार गर्ने कार्यमा केन्द्रीत हुनेछौँ ।’

अध्यक्ष दाहालले केही पुराना एवं नयाँ बैंकहरुबाट मेगा बैंकसँग मर्जरको निमित्त अनौपचारिक प्रस्तावहरु आएको जानकारी दिए । उनका अनुसार, मेगा बैंकसँग पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको जारी मर्जर प्रक्रिया छिट्टै सम्पन्न हुनेछ ।

मेगा बैंककी निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सक्षम परियोजना अन्तरगत मध्य र सुदूर पश्चिममा चार वटा शाखा खोल्ने योजना रहेकोमा यो बर्ष अछाम र डडेल्धुरामा दुईवटा शाखा विस्तार गर्न लागेको जानकारी दिईन् । उक्त क्षेत्रका विभिन्न जिल्लाहरुमा १० वटा शाखारहित बैंकिङ सेवा र अत्याधुनिक ट्याब बैंकिङ सेवा विस्तार गरिने उनले बताईन् । ‘अछाम र डडेल्धुरामा शाखा खोल्ने कार्य अगाडि बढेको छ । देशका अन्य ठाउँमा ८ वटा शाखा खोल्ने विषयमा पनि अध्ययन गरेर निष्कर्षमा पुग्छौँ ।’– उनले भनिन् ।

निमित्त सिइओ श्रेष्ठका अनुसार, ग्राहकको सुविधालाई ध्यानमा राखेर भिसा डेबिट र क्रेडिट कार्ड तथा बिजनेश कार्ड ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । यसैगरी, आकर्षक ब्याजदरका निक्षेप योजना तथा ग्राहकको माग बमोजिम सहुलियत ब्जाजदरमा कर्जा योजनाहरु पनि ल्याउने बैंकको योजना छ ।  गत आर्थिक बर्षमा मेगा बैंकको २१ अर्ब १३ करोड बरावर निक्षेप संकलन भएको छ भने १७ अर्ब ९९ करोड बरावरको कर्जा प्रवाह भएको छ । यसैगरी, ग्राहक संख्या करिब १ लाख ४३ हजार पुगेको छ । कर्जाको औसत आकार २० लाख ५१ हजार र निक्षेपको १ लाख ५७ हजार रहेको छ ।

देशभर २८ वटा शाखा रहेको मेगा बैंकका ३१ वटा एटीएम सञ्जाल छ । देशका ४७ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले १२ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।

वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा गरिएको कार्यक्रममा बैंकले अनाथ तथा असहाय बालबालिका आश्रित काठमाडौंको धापासीस्थित पवित्र समाज सेवा नेपाललाई रु. १ लाख नगद सहयोग प्रदान गरेको छ ।

Sajilo Visa

प्रकाशित: ८ श्रावण २०७२, शुक्रबार

तपाइको प्रतिक्रिया