हुन्डाईले इलाइट आई २० र आई २० एक्टिभ बजारमा ल्यायो

Technology Khabar ८ श्रावण २०७२, शुक्रबार

हुन्डाईले इलाइट आई २० र आई २० एक्टिभ बजारमा ल्यायो

काठमाडौं ।

काठमाडौं, ८ साउन । नेपालकालागि हुण्डाइ कम्पनीको आधारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आफ्नो बहुप्रतिक्षित प्रिमियम ह्याचब्याक ‘इलाइट आई २०’ र क्रसओभर ‘आई २० एक्टिभ’ बिहिबार सार्वजनिक गरेको छ ।

जर्मनीको रुसलसेम स्थित हुण्डाइ मोटर्स डिजाइन सेन्टर युरोपमा डिजाइन गरिएको इलाइट आई २० भारतीयबजारमा १ अगष्ट, २०१४मा पहिलो पटक सार्वजनिक गरिएको थियो । यो गाडी आफ्नो सेगमेण्ट अन्तर्गत अझ आकर्षक, स्पोर्टी, नवीनतम ह्याचब्याक तथा फरक विषेशतायुक्त छ । आकर्षक स्पोर्टी आवरणयुक्त यो गाडी सुन्दर रङ्हरु अनि परिष्कृत डिजाइनका कारण अझ चित्ताकर्षक देखिने कम्पनीले जनाएको छ ।

परिष्कृत शैली, यात्रुको आरामदायीतालाई ध्यानमा राखेर तयार पारिएको उत्कृष्ट आन्तरिक एवम् बाह्य बनावटले हुण्डाइको डिजाइन बिषेशतालाई झल्काउँछ । आफ्नो सेगमेण्ट अन्तर्गतका अन्य गाडीहरुको तुलनामा अत्याधुनिक विशेषतायुक्त भएकोले पनि, यो, ड्राइभर अनि यात्रुहरुलाई आरामदायी यात्रासँगै पूर्ण सन्तुष्टि तथा खुशी प्रदान गर्न पर्याप्त भएको कम्पनीको दाबी छ ।

त्यस्तै आई २० एक्टिभ गाडीले गुणस्तर, डिजाइन, सवारी चलाउँदाको अनुभूति र अन्य प्राविधिक विशेषताका कारण अटो बजारमा नयाँ कोसेढुंगा स्थापित गर्नेछ कम्पनीले बताएको छ ।

यो गाडी भित्री तथा बाहिरी रुपमा समेत आकर्षक एवम् शक्तिशाली छ भने सहरी परिवेश अनि राजमार्गहरुको प्रयोगकालागि पनि उत्तिकै उपयुक्त देखिन्छ । यसको आक्रामक प्रस्तुतिकरण र टल स्ट्यान्सले हुण्डाईको निरन्तर नयाँपन पस्कने विशेषतालाई झल्काउँछ । आकर्षक बान्की, सुधारिएको प्रवाहयुक्त सतह, शार्प लाइन्सजस्ता अत्याधुनिक विशेषताले यात्रालाई आरामदायी एवम् थप अविश्मरणिय बनाउने कम्पनीको भनाई छ ।

स्टाइल, स्पेस, मूल्य र प्राविधिकविशेषतामा सजगउपभोक्तालाई ध्यानमा राखेर हुन्डाईले आई २० एक्टिभको विकास गरेको हो ।  यो गाडिको मूल्य ३२ लाख ५६ हजार रुपैंयादेखि ४३ लाख ५६ हजार सम्म तोकिएको छ भने इलाइट आई २० को मूल्य २७ लाख ९६ हजार रुपैंयादेखि ३३ लाख ९६ हजार सम्म तोकिएको छ ।

easy care

प्रकाशित: ८ श्रावण २०७२, शुक्रबार