ङादी ग्रुप पावरको धितोपत्र निष्काशकमा एनआईबिएल क्यापिटल मार्केट्स

Technology Khabar ७ श्रावण २०७२, बिहीबार

ङादी ग्रुप पावरको धितोपत्र निष्काशकमा एनआईबिएल क्यापिटल मार्केट्स

काठमाडौं ।

काठमाडौं, ७ साउन । ङादी ग्रुप पावर लि. ले प्रति शेयर रु.१००/-अंकित दरको १४,६०,६०५ कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल क्यापिटल मार्केट्स लि., लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा ङादी ग्रुपको तर्फबाट कार्यकारी अध्यक्ष डा.भोगेन्द्र गुरागाई र एनआईबिएल क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरे ।

ङादी ग्रुपको अधिकृत पूँजी रु.६६ करोड ७० लाख, जारी पूँजी रु.४८,६८,६८,०००/- र चुक्ता पूँजी रु.३४,०८,०७,५००/- रहेकोछ भने जारी पूँजी मध्ये १०५ अर्थात ४,८६,८६८ कित्ता साधारण शेयर उद्योग प्रभावित लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरुलाई र २०५ अर्थात ९,७३,७३७ कित्ता साधारण शेयर सर्वसाधारणहरुमा गरी जम्मा १४,६०,६०५ कित्ता साधारण शेयरहरु एनआईबिएल क्यापिटल मार्फत निष्काशन गरिनेछ । हाल ङादी ग्रुपले लमजुङ्ग स्थित ५ मेगावाट क्षमताको सिउरी खोला जलबिद्युत आयोजनाको निमार्ण सम्पन्न गरी विद्युत उत्पादन समेत गरी सकेको छ ।

एनआईबिएल क्यापिटलले निकट भविष्य युनाइटेड मोदी हाइड्रो पावर कम्पनी लि. र गर्जाङ उपत्यका हाइड्रो पावर कम्पनी लि., को समेत सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएकोछ भने काठमाण्डौं फाइनान्स, सेन्ट्रर फाइनान्स, कामना विकास बैंक र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकका शेयरधनीहरुलाई हकप्रद शेयरको निष्काशन गरिने एनआईबिएल क्यापिटलका नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले जानकारी दिए ।

हाल एनआईबिएल क्यापिटलले नेपाल इन्भेष्टमेण्ट बैंक, शिखर इन्स्योरेन्स, काठमाण्डौं फाइनान्स, एनआईबिएल समृद्धि फण्ड, नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक, माउण्ट मकालु डेभलपमेण्ट बैंक, सिन्धु विकास बैंक र नारायणी नेशनल फाइनान्सका शेयरधनीहरुलाई शेयर रजिष्ट्रार सम्बन्धित सेवाहरु समेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ७ श्रावण २०७२, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार